Admission Open

टी–२० अन्तर्राष्ट्रिय महिला क्रिकेट शृंखला : आज घरेलु मैदानमा नेपाल र युगान्डा भिड्दै

काठमाडौंः नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले पहिलो पटक घरेलु मैदानमा आज (सोमबार) टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्दैछ । जसका लागि नेपालले अफ्रिकन राष्ट्र युगान्डालाई आतिथ्य प्रदान गरेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने पाँच खेलको शृंखला लागि युगान्डा टिम आइतबार नै नेपाल आएकाे थियाे । खेल खेल दिउँसो १ बजे हुनेछ ।

जगत टमटाको प्रशिक्षणमा रहेको नेपाली टिमको कप्तानी रुविना क्षेत्रीले गर्नेछिन् । उपकप्तानको जिम्मा इन्दु वर्माले पाएकी छिन् ।

सन् २००७ मा मलेसियामा भएको एसीसी महिला च्याम्पियनसिपबाट नेपाली महिला क्रिकेट टिमको अन्तर्राष्ट्रिय क्षेत्रमा उदय भएको थियो । त्यसयता, नेपाली टिमले घरेलु मैदानमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) खेल्यो । जहाँ कास्य पदक जितेको थियो ।

नेपाली टिमका प्रशिक्षक टमटा खेलाडी पहिलो पटक घरेलु मैदानमा अन्तरराष्ट्रिय शृंखला खेल्न आत्तुर रहेको बताउँछन् । उनी घरेलु मैदानमा खेल्न युवा खेलाडीलाई ‘च्यालेन्ज’ हुने समेत बताउँछन् ।

खेलका १६ सदस्यीय टोली घोषणा भइसकेकाे छ । अस्मिना कर्माचार्य र हिरणमयी रोयले पहिलो पटक टोलीमा स्थान बनाएका हुन् ।

बागमती प्रदेशको कप्तानी गर्दै आएकी तिव्र गतिकी बलर अस्मिना बन्द प्रशिक्षणमा रहेपनि पहिलो पटक स्थान बनाएकी हुन् । यु–१९ प्रतियोगितामा राम्रो प्रदर्शन गरेकी लेग स्पिनर हिरणमयी रोय पहिलो अवसरमै टोलीमा स्थान बनाएकी छन् ।

यसअघि नेपालले पहिलो अन्तर्राष्ट्रिय टी–२० शृंखला कतारविरुद्ध गत मंसिरमा खेलेको थियो । कतार भ्रमण क्रममा खेलिएको शृंखला नेपालले ‘क्लिन स्विप’ गरेको थियो ।

हाल नेपाल आईसीसी टी–२० वरियतामा १६औं स्थानमा छ भने युगान्डा १९औं स्थानमा छ ।

नेपाल र युगान्डाबीच ३ जेठमा दोस्रो, ५ जेठमा तेस्रो, ६ जेठमा चौथो र अन्तिम तथा पाँचौ ७ जेठमा हुनेछ । खेल हेर्न दर्शकलाई मैदान प्रवेश निशुल्क समेत गरिएको छ ।

टिप्पणिहरु
Loading...