Admission Open

ad place

१६औं मनमोहन स्मृति रनिङ शिल्ड, वडा नम्बर १७ फाइनलमा

काठमाडौँ, १८ चैत : १६औं मनमोहन स्मृति वडा स्तरीय रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता २०७८ मा वडा नम्बर १७ फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा गतवर्षको विजेता वडा नम्बर ११ लाई ट्राइबेकरमा ४–१ गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

बुटवल उपमहानगरपालिकाको सहयोग तथा राष्ट्रिय युवा संघ नेपाल उपमहानगरपालिकाको आयोजनामा सिद्धेश्वर खेलमैदानमा भएको खेलमा खेलको निर्धारित समयको ९औं मिनेटमा वडा नम्बर १७ का सुशान्त थापाले गोल गर्दै खेलमा अग्रता गोल गर्दै खेल बराबरीमा ल्याए ।

अन्तिम समयसम्म दुवैतर्फबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा वडा नम्बर १७ का गोलकिपर आशिष् गुरुङ नायक बने । गुरुङ म्यान अफ दी म्याचबाट पुरस्कृत भए । शनिबार दोस्रो सेमिफाइनल खेल वडा नम्बर ८ र ७ का बीचमा हुने प्रचारप्रसार संयोजक गणेश बोहराले बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...