Admission Open

ad place

राष्ट्रिय भलिबल प्रतियोगितामा गण्डकी, बागमती र पुलिस विजयी

काठमाडौँ : धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’ अन्तर्गत आज भएको प्रतिस्पर्धामा नेपाल पुलिस क्लब, गण्डकी र बागमती प्रदेश विजयी भएका छन् । आजको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले प्रदेश नम्बर १ लाई ३–० को सोझो सेटले पराजित ग¥यो । पुलिसले २५–१८, २५–१० र २५–१८ को सेटले प्रदेश नम्बर १ लाई पराजित गरेको हो । खेलका ‘म्यान अफ द म्याच’ नेपाल पुलिस क्लबका रवीन चन्द घोषित भए ।

दोस्रो खेलमा गण्डकी प्रदेशले विभागीय टोली एपिएफलाई ३–१ को सेटले पराजित गरेको छ । गण्डकीले २५–२० र २५–१८ ले पहिलो र दोस्रो सेट जितेकोमा तेस्रो सेट १९–२५ ले गुमाएको थियो । तर २५–२३ ले चौथो सेट जित्दै गण्डकी विजयी बनेको हो । खेलको ‘म्याद अफ द म्याच’ गण्डकीका घनश्याम चौधरी घोषित भए ।

आजै भएको तेस्रो खेलमा बागमती प्रदेशले मधेस प्रदेशलाई ३–१ को सेटले पराजित गरेको छ । बागमतीले पहिलो सेट २५–१६ ले जितेकोमा दोस्रो सेट भने २३–२५ ले गुमाएको थियो । त्यसपछि भएका दुई सेट २५–२१ र २५–१६ ले बागमती प्रदेशले जितेको हो । खेलको ‘म्यान अफ द म्याच’ बागमती प्रदेशका नवीन महतो भए । पराजयसँगै मधेस प्रदेश भने प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतियोगिताको विजेताले रु चार लाख, उपविजेताले रु दुई लाख, तेस्रो हुने टोलीले रु एक लाख र चौथो स्थान प्राप्त गर्ने टिमले रु ५० हजारसहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजक सुदूरपश्चिम खेलकुद परिषद्ले जनाएको छ ।(रासस)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...