Admission Open

ad place

‘पिरतीको खुल्ला आकाशमा’ सार्वजनिक, उत्कृष्ट टिकटक बनाउनेलाई नगद १० हजार पुरुस्कार ( भिडियो )

काठमाडौं : गायिका निशा कँडेलको सुमधुर स्वरमा सजिएको  ‘पिरतीको खुल्ला आकाशमा’ बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ।

अस्ट्रेलियामा रहेर उत्कृष्ट संगीत  सिर्जनामा सक्रिय टिका दहालले संगीतवद्द गरेको यस गीतलाई दर्जनौ चर्चित गीतहरु लेखेका गीतकार रमेश दहालले लेखेका हुन्।  मेलोडियस भर्सनको गीतमा राहुल प्रधानको संगीत संयोजन रहेको छ। अभि लामाले कोरियोग्राफी गरेको भिडियोमा स्वयम् गायिका निशा कँडेल फिचर्ड छिन्।  फराज अर्पणको छायांकन, सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो।

TVS_Golden key

लिजेन्स इन्टरनेशनलको एजुकेशनको प्रस्तुति रहेको यस गीतको म्युजिक भिडियोलाई गायिका कँडेलको आधिकारिक च्यानल निशा कँडेल मार्फत भिडियो सार्वजनिक गरिएको हो।  यसअघि गायिका कँडेलकोको स्वरमा तस्विर, म के भनु, नेपाली छोरी’ सधैलाई सार्वजनिक भैसकेका छन्।

भिडियो सार्वजनिक भएसंगै निर्माण टिमले टिकटक कम्पिटिसनको घोषणा गरेको छ।  निर्माण टिमका अनुसार  उत्कृष्ट प्रस्तुतिका आधारमा एक जना र दर्शकबाट भिडियोमा  धेरै लाइक्स पाउने एक जना गरेर २ जनाले नगद १० / १० हजार हौसला स्वरूप पुरुस्कार प्राप्त गर्ने छन्।

भिडियो लिंक: https://youtu.be/iwn5Aoo-3mM
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...