Admission Open

ad place

धोनीले चेन्नईलाई पुर्‍याए फाइनलमा

केशब आचार्य,

आइपिएल २०२१ को पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई चेन्नई सुपर किंग्सले  ४ विकेटले पराजित गर्दै चेन्नई फाइनलमा पुगेको छ।

पहिले ब्याटिङ गरेको दिल्लीले ५ विकेटको गुमाउँदै १७२ रन जोडेको थियो। दिल्लीका लागि कप्तान रिशव पन्तले नटआउट ५१ जोड्दा ओपनर पृथ्बी शाले ६० रनको योगदान गरेका थिए।

दिल्लीले दिएको १७३ रनको लक्ष्य चेन्नईले २ बल  बाँकी रहँदा  ६ विकेट गुमाएर पुरा गरेको थियो । चेन्नईको जितमा कप्तान महेन्द्रसिंह धोनीले नटआउट ६ बलमा ३ चौका र १ छक्का हान्दै १८ रन जोडेका थिए । अन्तिम ओभरमा चेन्नईलाई जितका लागि १३ रन चाहिएको थियो। जसमा धोनीले लगातार ३ चौका हान्दै चेन्नईकोलागी जित पक्का गराएका थिए। त्यस्तै रोबिन उथप्पाले ६३ रन र ऋतुराज गायकवाडले ७० रन जोडेर चेन्नईको जितको आधार तय गरेका थिए।

बलिङमा दिल्लीका टम कुरानले ३ विकेट लिए भने चेन्नईका जोश हजलउडले २ विकेट लिए।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...