Admission Open

ad place

सन्दीपसँगै बंगलादेशका स्पिनर र अमेरिकाका ब्याट्सम्यान आइसिसी महिनाको उत्कृष्ट खेलाडीमा मनोनयन

केशब आचार्य,

काठमाडौं, २२ असोज : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले सेप्टेम्बर महिनाको ‘आइसिसी प्लेयर अफ दि मन्थ’ को मनोनयन सार्वजनिक गरेको छ।

मनोनयनमा नेपाल, बंगलादेश र अमेरिकाका खेलाडी परेका छन् । नेपालका लागी  लेगस्पिनर सन्दीप लामिछाने, बंगलादेशका लागी स्पिनर नसुम अहमद र अमेरिकाको लागी ब्याट्सम्यान जस्करण मल्होत्रा परेका छन्।

सन्दीपले ओमानमा भएको विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा ६ एकदिवसीय खेलमा १८ विकेट लिदै उत्कृष्ट बलिङ गरेका थिए।

बंगलादेशका नसुमले न्युजिल्यान्डविरुद्धको टी-२० सिरिजमा ८ विकेट लिएका थिए। उनले चौथो खेलमा ४ विकेट लिँदा १० रन मात्र खर्चिएका थिए।

अमेरिकाका मल्होत्राले पपुवा न्युगिनीविरूद्धको खेलमा एकै ओभरमा ६ छक्का हिर्काएका थिए।

उनी अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का हिर्काउने चौथो खेलाडी बनेका थिए।  खेलमा उनले नटआउट १७३ रन जोडेका थिए।

आइसिसीले यहि असोज २५ गते सोमबार ( अक्टोबर 11 ) फ्यानको भोटको आधारमा महिनाको उत्कृष्ट खेलाडीको विजेता सार्वजनिक गर्दै छ ।

मन पर्ने खेलाडीलाई भोट गर्न तलको लिंक क्लिक गर्नु होला !

https://www.icc-cricket.com/awards/player-of-the-month/mens-player-of-the-month

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...