Admission Open

ad place

आईपीएल: सनराईजर्स हैदरावादको दोस्रो जित

काठमाडौं : इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा सनराईजर्स हैदरावादले दोस्रो जित निकालेको छ।

दुबईमा सोमबार राति भएको खेलमा अंक तालिकाको पुछारमा रहेको हैदरावादले राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै दोस्रो जित निकालेको हो।

राजस्थानले दिएको १ सय ६५ रनको लक्ष्य हैदरावादले १८ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।

हैदरावादको जितमा डेब्यु खेलाडी जोसन रोयले सर्वाधिक ६० तथा कप्तान केन विलियम्सनले अविजित ५१ रनको अर्धशतकीय इनिङ्स खेले ।

राजस्थानका मुस्ताफिजुर रहमान, चेतन शाकरिया र महिपाल लोम्रोरले एक एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो। राजस्थानका लागि कप्तान सन्जु सामसनले ८२ रनको अर्धशतकीय इनिङ्स खेले ।

हैदरावादका सिद्दार्थ कउलले दुई विकेट लिए।

जितसँगै १० खेलबाट ४ अंक जोडेको हैदरावाद अंकतालिकाको पुछारमा रहेको छ । १० खेलमा ८ अंक जोडेको  राजस्थान छैटौं स्थानमा रहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...