Admission Open

‘माफ गर तिम्रो बिहेमा आउन सकिनँ, सार्वजनिक

छापिएको तीस बर्षपछि गाइएको गजल

समाचारदाता, साहित्यकार गोवर्द्धन पूजाको २०४८ सालको मधुपर्कमा छापिएको गजल रेकर्ड भएर सार्वजनिक भएको छ । क्रेजी म्युजिक हबद्वारा रेकर्डिङ  भएर  स्टुडियोको उदघाटन समारोहमा सार्वजनिक भएको ‘ माफ गर तिम्रो बिहेमा आउन सकिनँ’ बोलको गजलमा गोपाल अधिकारीले स्वर र संगीत गरेमा छन् । शनिबार सार्वजनिक भएको उक्त गजलको म्यूजिक भीडियोमा नम्रता र नवीनको अभिनय रहेको छ । क्रेजी म्युजिक हब युटुव च्यानलबाट सार्वजनिक भएको भीडियोलाई केपी तिमल्सिनाले निर्देशन गरेका छन् भने अनिश तिमल्सिनाले छायाङ्कन गरेका छन् ।

नेपाली चलचित्र ‘ घायल’, जङ्गली मान्छे, इन्साफ, मूर्ख मान्छे, यतिको खोजमा, लगायतका नेपाली चलचित्रमा गीत लेखिसकेका गोवर्द्धन पूजाका दुई दर्जन जति गीत रेकर्डिङ भएसकेका छन्। उनका कविता , गजल, उपन्यास र कथाका नौ वटा साहित्यिक कृति प्रकाशित छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...