Admission Open

म माया गर्छु उसलाई… रीर्टन व्याक दीपीका

काठमाडौँ : म्युजिक भीडियो मोडलिङ, निर्देशन एवं टेलिचलचित्रकी अभिनेत्री तथा मोडल दीपीका भट्टले आफुलाई पुनः भीडीयो निर्देशनमा रीर्टन व्याक गराएकी छिन् । अभिनय एवं निर्देशन दुबैमा रुचि राख्ने दिपिका यसो त गीतकार समेत हुन् । बिभिन्न टेलिसिरियलहरु गर्ने गरेकी दिपीका भट्टले आफ्नो जन्मदिनकै अवसर पारेर पुनः म्युजिक भिडियो निर्देशन शुरु गरेकी छिन् ।

म माया गर्छु उसलाई… बोलको यो गीतलाई उनले निर्देशन गरेकी हुन् । दीपीका भट्टको आफ्नै शब्द रहेको गीतको संगीत वसन्त सापकोटाले गरेका छन् भने स्वर इन्दिरा जोशीको रहेको छ । गीतको भीडियोलाई डम्बर राईले छायांकन गरेका छन् भने मोडलका रुपमा पवित्रा भट्टराई तथा अर्पण दाहाल रहेका छन् । रोमान्टिक फ्लेवरको यो गीतमा पुजारी र मोडर्न केटी विचको प्रेम कथा दर्शाइएको निर्देशक भट्टले बताएकी छिन् । गीत चाँडै रिलीज गरीने लक्ष्य राखिएको भट्टले बताईन् । अब निरन्तर रुपमा भिडीयो निर्देशनमा लाग्ने लक्ष्य राखेकोले यो गीतबाट निर्देशनमा रीटर्न व्याक गरेको दीपीकाको भनाई छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...