Admission Open

तारिफ बटुल्दै आर्यन र सनुपको म्युजिक भिडियो ‘जब’

काठमाडौँ : अभिनेता आर्यन सिग्देल फिचर्ड म्युजिक भिडियो ‘जब तिमी राम्री लाग्यो’ सार्वजनिक गरिएको छ । उक्त म्युजिक भिडियो ‘युवा फिल्म्स’को अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको भिडियोमा शत प्रतिशत सकारात्मक प्रतिक्रियाहरू आएका छन् । सनुप पौडेलको आवाज रहेको ‘जब तिमी राम्री लाग्यो’मा आर्यन सिग्देलको जोडीको रूपमा किरण चन्दलाई देख्न सकिन्छ । भिडियोमा सहर्ष अधिकारी र स्टेला अधिकारी बाल कलाकारको रूपमा रहेका छन् । गीतमा अनिल शर्माको शब्द रहेको छ भने सङ्गीत सुशान्त गौतमले भरेका छन् । सङ्गीत संयोजन भने रिकेश गुरुङले गरेका छन् ।
निर्देशक विशाल सापकोटाले निर्देशन गरेको उक्त भिडियोलाई उज्ज्वल जोशीले खिचेका हुन् भने सम्पादन डिन्सन शाहले गरेका हुन । म्युजिक भिडियोलाई युवा फिल्म्स मार्फत आशिष श्रेष्ठ र केशव खड्काले संयुक्त रूपमा निर्माण गरेका हुन । स्मरण रहोस् यही निर्माण टिमले चलचित्र अर्जुन रेड्डीको नेपाली रिमेकको प्री प्रोडक्सनको काम पनि सुरु गरिसकेका छन् । यस अघि पनि उक्त रिमेकमा आर्यन सिग्देलको निकै चर्चा रहेको थियो । त्यस समयमा आर्यनले उक्त कुरा नकारे पनि अब भने यो टिममा केही खिचडी पकिरहेको अनुमान लगाउन सकिन्छ ।
सार्वजनिक म्युजिक भिडियो ‘जब’लाई उत्कृष्ट प्रतिक्रियाहरू आइरहेका छन् । फिल्मी शैलीमा बनेको भिडियो टुइस्टलाई दर्शकले निकै तारिफ गरेका छन् । साथै भिडियोको कन्सेप्ट र सनुपको आवाजको पनि मुक्तकण्ठले प्रशंसा गरेका छन् ।
[ हेर्नुहोस् भिडियो ]
https://www.youtube.com/watch?v=dl3fOMqpnQQ
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...