Admission Open

हेर्दा हेर्दैमा भुवन-रञ्जिताको जोडी


काठमाडौ : नयाँ गीत ‘हेर्दा हेर्दै…’ को म्युजिक भिडियो रिलिज भएको छ ।  गीतमा सुदन डोटेलको शब्द, सरोज प्याकुरेलको संगीत, मनोहर सुनामको संगीतसंयोजन रहेको छ ।
यो गीतलाई कृष्ण काफ्ले र रिता केसीले गाएका हुन् । भिडियोमा भुवन लोहनी र रञ्जिता ढकालले अभिनय गरेका छन् । रञ्जिताको यो डेब्यु भिडियो हो ।


अमेरिका जस्तो ठाउँमा ब्यस्त जीवन बिताइरहेका युवा निर्देशक सुमन दाहालले फुर्सदको समयमा यो गीतको भिडियो निर्देशन गरेका हुन् । भिडियोमा बिकाश गुरुङको कोरियोग्राफी, भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।
‘हेर्दा हेर्दै…’ गीतको म्युजिक भिडियो पवन गौतमले खिचेका हुन् । भिडियो मोडल भुवन लोहनीको जन्मदिनको अवसर पारेर सम्राट क्रियशन युट्युव च्यान मार्फत सार्वजनिक गरिएको छ ।

[ हेर्नुहोस भिडियो ]

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...