Admission Open

राजेश पायल राईको स्वरमा ‘फर्कन छोरा’ भिडियो सार्बजनिक

काठमाडौं : चर्चितगायक राजेश पायल राईको स्वरमा ‘फर्कन छोरा’ बोलको गीतको भिडियो सार्बजनिक भएको छ । गीतमा केशव शर्मा दाहालको शब्द रचना तथा संगीत र चन्दु गोर्खालीको संगीत संयोजन रहेको छ ।सार्बजनिक भिडियोमाविविध कारणले विदेशिएका युवाहरुको घरमा एक्लिएका बाबु-आमाको निरश जीवन र पीडाको कथा चित्रण गरिएको छ।

केशव शर्मा दाहालकै प्रस्तुतिमा निर्माण भएको मार्मिक भिडियोमा नाट्यकर्म तथा चलचित्रमा सक्रिय कलाकारहरु कमलमणि नेपाल र सरिता गिरिले मुख्य भूमिकामा अभिनय गरेका छन् । उनीहरुका अलावा भिडियोमा अन्य रंगकर्मी कलाकारहरुको पनि अभिनय देख्न सकिन्छ।भिडियो ‘केशव एस. दाहाल अफिसियल’ युट्युब च्यानलमार्फत सार्बजनिक गरिएको छ ।

प्रविण खतिवडाले निर्देशन गरेको भिडियोमा महेश पौडेलको छायांकन र कृष्ण भण्डारीको सम्पादन रहेको छ । भिडियोको छायांकनकाभ्रेको रयाले, बनेपा, तिनपिप्ले लगायतका स्थानहरुमा गरिएको हो।

हाल अमेरिकामा बसोबास गरिरहेका केशव शर्मा दाहालले आफ्नै स्वरमा यस अघि ‘चौतारीमा बसौंन पियारी’, ‘वैशैमा लाको पिरती’, लगायतका गीतहरु सार्बजनिक गरिसकेका छन् ।केहि दिन अघि मात्र भानु जयन्तिको अवसर पारेर उनको ‘भानु तिम्रो रामायणले’ बोलको भजन सार्बजनिक भएको थियो।

भिडियो लिंक : https://youtu.be/3Fs6EPfPWqs

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...