काठमाडौं, २८ असार : ५५ वर्षपछि ठूलो प्रतियोगिताको फाइनल पुगेको इंग्ल्याण्डले खेलको दोस्रो मिनेटमै लिएको अग्रता कायम गर्न नसक्दा घरेलु मैदानमै निरास भयो । इंग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटलीले युरोकप २०२० को उपाधि जितेको छ । सोमबार बिहान भएको फाइनलमा इटलीले इंग्ल्याण्डलाई उसैको मैदानमा पेनाल्टी सुटआउटमा ३(२ ले पराजित गरेको हो ।
