Admission Open

पत्रकार महासङ्घ तनहुँका ६ पूर्वाध्यक्ष पुरस्कृत
दमौली, १३ माघ
नेपाल पत्रकार महासङ्घ तनहुँका ६ पूर्वाध्यक्ष पुरस्कृत हुनुभएको छ । शाखाको आज आयोजित बाह्रौँ साधारणसभाका अवसरमा महासङ्घमा स्थापित ‘सुरज गुरुङ स्मृति पत्रकारिता पुरस्कार’, ‘टीकानिधि ढुङ्गाना पत्रकारिता पुरस्कार’ र ‘भर्लेली केवलबहादुर स्मृति पत्रकारिता पुरस्कार’ पूर्वाध्यक्षलाई प्रदान गरिएको छ ।

सुरज गुरुङ पुरस्कार–२०७४ मुक्तिनाथ खनाल, २०७५ प्रकाशचन्द्र भट्टराई र २०७६ डम्बरबहादुर अधिकारीलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि जनही रु पाँच हजार छ । टीकानिधि पुरस्कार–२०७५बाट विश्वबन्धु भण्डारी र २०७६बाट प्रदीप काफ्ले पुरस्कृत हुनुभएको छ । उक्त पुरस्कारको राशि जनही रु दश हजार छ । यसैगरी भर्लेली पुरस्कारबाट प्रेमप्रसाद पौडेल पुरस्कृत हुनुभएको छ । उक्त पुरस्कारको राशि रु दश हजार छ ।

तनहुँ जिल्लाको पत्रकारितामा उल्लेखनीय योगदान पु¥याएबापत उहाँहरुलाई पुरस्कृत गरिएको शाखाका अध्यक्ष ॐकार आचार्यले जानकारी दिनुभयो । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले उहाँहरुलाई नगदसहित सम्मानपत्रले पुरस्कृत गर्दै पत्रकारिता क्षेत्रको प्रबद्र्धनका लागि नगरपालिका सदैव प्रतिबद्ध रहेको बताउनुभयो । म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले पत्रकार शहरमुखी मात्रै हुन नहुनेमा जोड दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...