Admission Open

जीवन सुखदुख, हाँसो र रोदनको सम्मिश्रण हो : गीतकार बिमला हुमागाईं ‘बोध’

जीवन जिउनु एक कला हो । जन्मिएपछि हामी एकदिन मर्नुनै पर्छ । तर, हामी हाम्रो जीवनकालमा कस्तो जीवन बाँच्छौं भन्ने कुरा हाम्रो कलाको कुरा हो । कसैले गुणस्तरिय जीवन बाँच्छन्, कसैले बेकारको जीवन बाँच्छ । एउटा भनाइ छ, ‘जीवन कति लामो बाँच्छौं, त्यसले कुनै अर्थ राख्दैन तर, कस्तो जीवन बाँच्छौं, त्यसले खास अर्थ राख्छ ।’

नरम स्वभाव, हसिलो अनुहार भएकी बहुप्रतिभाकी धनि साहित्यकार, गीतकार, शिक्षासेवी तथा संचारकर्मी बिमला हुमागाईं सामाजिक कार्यमा पनि उतिकै सक्रिय छन । बिगत एक दशकदेखि विभिन्न क्षेत्रमा सक्रिय रहेर देश र जनतालार्इ सेवा गर्दै आएकी मिडिया पर्सानालिटी बिमलाले संचारक्षेत्रको माध्यमबाट जनतालाई सुसुचित गर्दै हजारौं पीडित नेपालीहरु दुस्खको घाउमा मलमपट्टी लगाउन सफल भएकी छिन। महिला सशक्तीकरण, सम्मान र स्वतन्त्रतालाई प्रबर्धन गर्दै नारी हकहितमा दरिलो आवाज बनेकी ुबिमला हुमागाईं’ बहुप्रतिभाशाली, भर्सलटाइल नारीको रुपमा परिचित छन। भविष्यमा शिक्षा, साहित्य, राजनीति र सामाजिक कार्यमानै आफ्नो जीवन व्यतित गर्ने सोच बनाएकी बिमला निरन्तर समाज परिबर्तनमा प्रयासरत छिन। कानुनको विद्यार्थीसमेत रहेकी बिमला हुमागाईं ूबोध शर्माू संग गरिएको संक्षिप्त कुराकानी :

नमस्कार ! आजभोलि के गर्दै हुनुहुन्छ ?

नमस्कार, आजभोलि पुस्तक लेखन, गीत संगीत, बोध इन्टरटेनमेन्ट प्रा.लिको दैनिक कार्यलगायत विभिन्न संघ संस्था र राजनीति गतिविधिमा समय व्यतित गर्दैछु ।

यति धेरै क्षेत्रमा संलग्न हुनुहुन्छ, समय व्यवस्थापन कसरी गरिरहनु भएको छ ?

सर्बप्रथम त मानिसमा काम गर्ने इच्छाशक्ति हुनुपर्छ। समयलाई व्यवस्थापन गर्न गाह्रो हुदैन। कोभिड(१९ र लकडाउनले मारमा परेको हाम्रो मनोरंजन क्षेत्रलाइ अगाडि बढाउन हामीनै सक्रिय हुनु पर्छ। मेरो दैनिकी एकदम व्यस्ततामा बितिरहेको छ, बिहान उठेर योगा गर्ने, दिउँसो कलेज र कार्यालय, विभिन्न कार्यक्रम, गीत संगीत र साहित्य लेखन तथा नयाँ म्युजिक भिडियोहरुको छायांकनको तयारी गरिरहेकी छु । देश र समाजको लागि सेवा गर्छु भन्ने द्रिड संकल्प लिएर अगाडि बढ्दा अवस्य समय व्यवस्थापन गर्न सकिन्छ।

कुन बुक निकाल्ने तयारिमा हुनुहुन्छ ?

म साहित्य लेखनमा रुचि राख्ने महिला भएको हुँदा मेरो पहिलो साहित्य लेखन अधबैंसेलार्इ अत्याधिक पाठकले मनपराएको हुँदा अहिले म मेरो दोस्रो प्रयास ‘बिग्रिएको रिदम’ ल्याउने तयारिमा छु। जुन मानसिक स्वास्थ्यको बारेमा लेखिएको पुस्तक हो।

सामाजिक कार्यमा समेत तपाइँ सक्रिय हुनुहुन्छ, के कस्ता कामहरु गर्दै हुनुहुन्छ ?

म एक सामाजिक महिला हुँ, अरुको दुख, पीडा देख्न सक्दिन। हामी सामाजिक प्राणी भएर जन्मेपछि समाजका लागि समेत ठोस योगदान पुर्याउनु पर्छ जस्तो लाग्छ। दु:ख, पीडामा कोही छ भने म देख्न सक्दिन। लकडाउनको समयमा खाना वितरणदेखि राहत वितरणसम्मका कार्यहरु गरेकी छु। मानिस आफैँले चाहेर कोही पनि अनाथ र गरिब हुने होइन त्यसैले आफूले आर्जन गरेको रकमबाट केही प्रतिशत सामाजिक कार्यमा लगाउने गरेकी छु।

जीवनको अर्थ के हो ?

जीवन आफ्नो लागि मात्र जिउनुको कुनै अर्थ हुँदैन, हामी सामाजिक प्राणी भएकोले गर्दा देश र समाजको लागि केही गर्नुपर्छ भन्ने मान्यता राख्छु। यो देशलाइ समृद्ध अनि विकसित बनाउने जिम्मा हाम्रो पनि हो । काम गर्दै जाँदा कहिले राम्रो हुन्छ कहिले नराम्रो हुन्छ तर पनि हामी आफ्नो लक्ष्यबाट विचलित नभई राम्रो कामको लागि अगाडि बढ्नु पर्छ तसर्थ जीवन सुख दु:ख, हाँसो र रोदनको सम्मिश्रण पनि हो । जीवन एउटा निरन्तर चलिरहने प्रक्रिया हो, कर्म गर्नुहोस फल आफै मिल्छ ।

जीवनका भोगाइहरु के हुन् ?

जीवन जिउनु एक कला हो । जन्मिएपछि हामी एकदिन मर्नुनै पर्छ । तर, हामी हाम्रो जीवनकालमा कस्तो जीवन बाँच्छौं भन्ने कुरा हाम्रो कलाको कुरा हो । कसैले गुणस्तरिय जीवन बाँच्छन्, कसैले बेकारको जीवन बाँच्छ । एउटा भनाइ छ, ‘जीवन कति लामो बाँच्छौं, त्यसले कुनै अर्थ राख्दैन तर, कस्तो जीवन बाँच्छौं, त्यसले खास अर्थ राख्छ ।’ जन्म पश्चात् जीवनलाई सफल बनाउनु उदेश्य प्राप्ति हो । जीवनमा सफलताको लागि इच्छाशक्ति, ज्ञानशक्ति र कर्मशक्तिको सदुपयोग गर्नुपर्छ । इच्छाशक्ति र कर्म गर्ने व्यक्तिले नै ज्ञान शक्ति प्राप्त गर्छ । जव निराकार आत्मा, साकार शरीर, इन्द्रिय र मनको साथ मिल्छ, तब शरीरमा शक्तिको सञ्चार हुन्छ । जन्म भएपछि आफ्नो पूर्णशक्तिको विकास गर्नु जीवनको लक्ष्य हो । जीवनमा हरेक मानिसको सपना हुन्छ। अधिकांश मानिस आफूलाई सफल, सबल र सक्षम बनाउन चाहन्छन, तर हामीले आफूले भने जस्तो जीवन व्यतित गर्न सकिरहेको हुँदैनौ। तसर्थ सुख दुखको समीश्रणलार्इ आत्मासाथ गर्दै सत्कर्म गर्नु जीवनको भोगाइ हो।

तपाईलाइ समाज परिबर्तन गर्न के गर्नु पर्छ जस्तो लाग्छ ?

म एउटा राजनीति सिक्दै गरेको महिला हो। नेपाली राजनीति तथा सामाजिक वितृष्णाले गर्दा समाज नकारात्मक सोचको सिकार बन्दै गइरहेको छ भने त्यो समाजभित्रका पात्र हामी चाहिँ सकारात्मक कसरी हुन सकौँला रु समाज नकारात्मक सोचले अगाडि बढ्दैन भन्ने थाहा छ । तर, पनि नकारात्मक विचारको ओइरो छ । हाम्रो समाजमा आलोचना गर्ने प्रवृत्ति संस्कारकै रूपमा विकास भइरहेको छ, जहाँ इन्टरनेटमा पहुँच हुनेहरूका लागि अहिले आफ्नो गुनासो व्यक्त गर्न फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जाल राम्रो माध्यम बनिरहेको छ ।

अहिलेका युवाहरुलाई भविष्यप्रति उसलाई ढुक्क बनाउन सक्नुपर्छ । काम गरेपछि सफल भइन्छ, लगानी गरेपछि नाफा हुन्छ, मिहेनत गरेपछि प्रगति हुन्छ, यात्रा प्रारम्भ गरेपछि चाहेको गन्तव्यमा अवश्य पुगिन्छ भन्ने विश्वास दिलाउनुपर्छ । बलियो आत्मविश्वास तयार पार्नुपर्छ । यस्तो उच्च मनोबल बनेपछि मात्रै व्यक्तिले हरेक क्षेत्रमा आफूलाई प्रतिस्पर्धीका रूपमा उभ्याउँछ । प्रसन्नता, उत्साह, उमंग, प्रशंसाले भरिएको समाजमा मात्रै उन्नतिको सम्भावना हुन्छ । निराशा, कुण्ठा मात्रै व्यक्त गर्ने, अरूको अनावश्यक चियोचर्चो र आलोचना गर्ने संस्कारले सिर्जनात्मकता सम्भव हुँदैन । यसका लागि सकारात्मक सोचकै आवश्यक हुन्छ र समाज परिबर्तन हुन्छ । सामाजिक सोच, विचार, चिन्तन र व्यवहार गतिशील प्रक्रिया हो । समयक्रममा रुपान्तरण अवश्यम्भावी छ । सामाजिक रुपान्तरण सामाजिक विकासका लागि अपरिहार्य छ ।

अन्त्यमा सोध्न छुटेको र भन्न चाहेको केही कुराहरु छन् कि ?

मलाई तपाईहरुको लोकप्रिय संचारमाध्यममा आफ्ना कुरा राख्ने मौका दिनु भएकोमा धन्यबाद दिन चाहन्छु। अहिले मुलुक राजनीतिक, आर्थिक संकटमा फसेको छ । दुरदर्शी नेतृत्व देशले नपाउँदा सम्पूर्ण जनताले कष्ट भोग्नु परेको छ। चांडैनै जनताहरुले सुख शान्तिको अनुभूति गर्न पाएको खण्डमा मुलुक समृद्धिको बाटोमा उन्मुख होला जस्तो लाग्छ। अबको अबस्थामा हामी आफैँ चेतनशिल भएर मुलुक र समाज परिबर्तनका लागि अग्रसर हुनु पर्छ। तसर्थ समाज परिबर्तन गर्न हामी आफैँबाट सुरु गरौँ । आजको विषम परिस्थितिमा एक अर्कालाई सकेको मानवीय सहयोग गर्न हार्दिक पनि अपिल गर्दछु । गीत संगीत, चलचित्र, मोडलिङ र पत्रकारिता क्षेत्रलार्इ व्यवस्थित बनाउन हामी आफैँ लागि पारौं।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...