Admission Open

चिया

कविता

# श्रेयासी लिम्बू

चिया मात्र दुध, पानी अनि चिनीको मिश्रण नभई !
चिया हामी दुई भेट्ने बाहाना हो,
कि, चिया भावना हो,
चिया एउटा मिठो यादको नासो हो,
कि चिया, हरेक गफको सुरुवात हो
एउटा कपको पछाडि तिमी अनि अर्को कपको पछाडि म
यसरी बसेका छौँ, मानौ ती कपहरूले हाम्रो लाज ढाकेको छ
कि मानौ हाम्रो सम्बन्ध बाँधेको छ,
हो ! चिया, मात्र दुध, पानी र चिनीको मिश्रण नभई
चिया माया हो ।

– झापा

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...