काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध पहिले ब्याटिङ गरिरहेको सुदूरपश्चिम रोयल्सले १० ओभरको खेल सकिँदा ४ विकेट गुमाएर ५९ रन बनाएको छ।
टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले सुरुवाती १० ओभरमा ४ विकेट गुमाएपछि थप रन जोड्ने दबाबमा रहेको छ।