काठमाडौं । आज धनतेरस पर्व मनाइँदैछ। धनतेरसका अवसरमा सुन, चाँदी, तामा तथा अन्य धातुका नयाँ भाँडाकुँडा किनेर घरमा भित्र्याउने धार्मिक तथा सांस्कृतिक परम्परा छ।
धनतेरसमा किनिएका भाँडाकुँडा कात्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजामा प्रयोग गर्ने चलन छ। यस दिन नयाँ धातुका सामग्री किन्दा घरमा सुख, समृद्धि र धनधान्य भित्रिने तथा लक्ष्मीको स्थायी बास हुने धार्मिक विश्वास छ।



