Admission Open

ad place

मेरो घर

कविता

# हेम बास्तोला भावुक
बग्छन् मन्द हिमालबाट जल त्यो नीलो अहो ! सागर
बल्छन् दीप प्रगाढ तेज सगलें नेपाल भो सुन्दर।
छाँगा निर्झर उफ्रि उफ्रि बनमा धारा बगे कल्कल
फुल्छन् फूल अमोल मुग्ध मनले सुन्दर् छ मेरो घर।।
झुल्छन् धान पबित्र भुमि रसिलो मैदान राम्रो छ र
गुड्छन् धेर चलाख मार्ग बिचमा ट्यासी र कार् मोटर।
साथी सोध्दछु संचछौं भन हरे ! माग्दै छु है सादर
डाँडा पर्वतदेखि मुन्तर छु हैं सुन्दर् छ मेरो घर।।
चिन्छन् लोक समस्तले दिनदिनैं अग्लो हिमाल् टाकुरा
न्यानो काख उदाउँने अमरझैं यी श्रमका पाखुरा
बन्छन् ताल समुन्द्रमा गजपले बग्छन् नदी कल्कल
सन्ध्या काल प्रभात डाक्छ मधुरो सुन्दर् छ मेरो घर।।
लेकैमा हसिंला ती फुल रसिला बेंशी बनें उज्जल
भित्रैभत्र पसी ती खोच बनिए चुरे हुँदै पल्पल
मेरा आँगनमा बनें नबिनका पौंवा कतै मन्दिर

झुप्रा बास पराल छानु जसको सुन्दर् छ मेरो घर।।

– दिक्तेल रुपाकोट मझुवागढी- ५, बास्तोला गाउँ, खोटाङ
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...