
काठमाडौं : पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको अन्तिम खेलमा काठमाण्डू गोर्खाजलाई ५५ रनले पराजित गरेको छ ।
आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा २२५ रनको लक्ष्य पछ्याएको काठमाण्डू १९.४ ओभरमा १६९ रनमै समेटियो ।
जितसँगै पोखराले सात खेलबाट दुई जित र पाँच हारसहित चार अंक जोड्दै सातौँ स्थानमा रहेर प्रतियोगिता टुंग्याएको छ । समान अंक भए पनि रनरेटका आधारमा पोखराले जनकपुर बोल्ट्सलाई पछि पारेको हो ।
यता हारका बाबजुद काठमाण्डूले भने इलिमिनेटर खेल्ने भएको छ ।


