
काठमाडौं : यामाहा नेपालले यस वर्षको दशैंलाई लक्षित गर्दै ‘चंगा चेट, जितको नयाँ अपग्रेड’ नामक विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ ।
नेपालका लागि यामाहाको आधिकारिक वितरक कम्पनी एमएडब्लू राइडस्ले ‘जितको नयाँ अपग्रेड, जितौँ १० लाखसम्म’ भन्ने नाराका साथ दशैँ अफर ल्याएको हो ।
कम्पनीका अनुसार यस योजनामा यामाहा मोटरसाइकल तथा स्कुटर खरिद गर्नुअघि र खरिदपछि ग्राहकले विभिन्न पुरस्कार जित्ने अवसर पाउनेछन् । यामाहा योजनाअन्तर्गत ग्राहकले घरबाटै सहभागी भएर १ लाख रुपैयाँसम्म जित्न सक्नेछन् । त्यसका लागि योजनाको स्क्यान तथा रजिस्टर प्रक्रियामार्फत सहभागी हुनुपर्नेछ ।
त्यसैगरी, यामाहा मोटरसाइकल वा स्कुटर खरिद गरी आफ्नो खरिद प्रमाणित गर्ने ग्राहकले १० लाख रुपैयाँसम्म जित्ने मौका पाउनेछन् । कम्पनीले दशैंको उत्साहलाई थप बढाउन विभिन्न अतिरिक्त पुरस्कारसमेत व्यवस्था गरेको जनाएको छ ।
‘यामाहा चंगा चेट’ योजनामा सहभागी ग्राहकले साप्ताहिक रूपमा हाइटेक ग्याजेट जित्ने अवसर तथा बम्पर पुरस्कारअन्तर्गत यामाहा आर १५ मोटरसाइकल घर लैजाने मौका पाउनेछन् ।
योजनामा दैनिक क्यासब्याक पुरस्कारको व्यवस्था समेत गरिएको छ । यसले यामाहा खरिद गर्ने ग्राहकलाई थप आकर्षक लाभ प्रदान गर्ने कम्पनीको भनाइ छ ।
यसका अलावा कम्पनीले अन द स्पट एक्सचेन्ज र सहज फाइनान्स सुविधा पनि उपलब्ध गराएको छ । यसबाट ग्राहकले आफूले ल्याएको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ यामाहा खरिद गर्न सक्नेछन् ।
यो अफर नेपालभरका यामाहाका आधिकारिक शोरुमहरूमा लागू हुने कम्पनीले जनाएको छ ।


