Admission Open

ad place

सुडानको एल–ओबिडमा संयुक्त राष्ट्रसङ्घद्वारा ’रेड अलर्ट’ जारी

जेनेभा, १९ असार (रासस/एएफपी) : संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर टर्कले सुडानको एल–ओबिड सहरमा फैलिरहेको “विनाश“ तथा प्रकोपका कारण शुक्रबार “रेड अलर्ट“ जारी गर्नु भएको छ ।

संयुक्त राष्ट्रसङ्घ मानव अधिकार परिषद्को बहसलाई सम्बोधन गर्दै टर्कले विश्वका नेताहरूलाई सहरमा हुने अत्याचार रोक्न सहयोग गर्न आग्रह गर्नु भएको छ ।

एल–ओबिदबाट आएका सङ्केतहरूको आधारमा स्पष्ट रुपमा सुडानमा अर्को मानव अधिकार विरुद्धको प्रकोप भइरहेको पुष्टि भएको उहाँले बताउनु भएको छ ।

सुडानी सशस्त्र बल र र्यापिड सपोर्ट फोर्सले सहर वरपरका क्षेत्रहरूमा नियन्त्रणको लागि लडाइँ गर्दा नागरिकहरू १८ महिना देखि घेराबन्दीकोे अवस्थाको सिकार भएको जनाइएको छ ।

प्रभावित राष्ट्रहरूको समूहको तर्फबाट बेलायतको अनुरोध पछि संयुक्त राष्ट्र सङ्घको शीर्ष निकायले एल–ओबिड वरपरको मानव अधिकारको अवस्था बारे एउटा दुर्लभ बहस गरिरहेको थियो ।

सन् २०२३ को अप्रिलमा सुडानमा सेना र अर्ध–सैनिक द्रुत समर्थन बल (आरएसएफ) बीच सुरु भएको थियो ।

कोर्डोफान–तेल भण्डार र आरएसएफको सबैभन्दा शक्तिशाली अर्धसैनिक सहयोगीहरूको प्रमुख युद्धभूमि बनेको जनाइएको छ ।

उत्तर कोर्डोफान राज्यको राजधानी एल–ओबिद पश्चिमी दारफुर क्षेत्रका आरएसएफ–नियन्त्रित क्षेत्रहरूलाई पूर्वमा सेना–नियन्त्रित क्षेत्रहरूसँग जोड्ने मुख्य मार्गमा अवस्थित छ ।

गृहयुद्धबाट विस्थापित भएका लगभग एक लाख शरणार्थीहरूलाई आश्रय दिने लाखौ मानिसहरूको सहर, एल–ओबिडले पछिल्लो समयमा तीव्र आरएसएफ आक्रमणहरूको सामना गरेको जनाइएको छ ।

गत वर्षको फेब्रुअरीमा लामो घेराबन्दी तोडे पछि सेनाले आरएसएफलाई सहर र बाहिरको मुख्य राजमार्गलाई लक्षित गर्दै ड्रोन आक्रमण गरेर पुनः नाकाबंदी गर्नबाट रोक्न सङ्घर्ष गरिरहेको छ ।

पछिल्लो समयमा आक्रमणहले मुख्य पावर स्टेसन र इन्धन डिपोहरूमा प्रहार गरेका छन् भने छिमेकीहरूलाई अन्धकारमा डुबाएका छन् र पानी पम्पहरू बन्द गरेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...