Admission Open

ad place

युक्रेनमा रूसी आक्रमण नौ जनाको मृत्यु, दर्जनौँ घाइते

किएभ (युक्रेन), १९जेठ (रासस / एएफपी) ; युक्रेनमा भएको रूसी मिसाइल तथा ड्रोन आक्रमणका कारण नौ जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको अधिकारीहरूले मङ्गलबार बताएका छन् । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मस्कोले नयाँ आक्रमण को तयारी गरिरहेको चेतावनी दिएको केही दिन पछि आक्रमण भएको जनाइएको छ ।

हाल घातक द्वन्द्व अन्त्य गर्ने वार्ता ठप्प रहेको छ भने सन् २०२२ मा आक्रमण सुरु गरे देखि मस्कोले युक्रेनमा लगभग हरेक दिन आक्रमण गर्दै आएको छ ।

युक्रेनको राजधानीमा धेरै विस्फोटहरू भएको उल्लेख गर्दै रूसले ब्यालेस्टिक मिसाइलहरू प्रहार गरी आगो लगाएको र धेरै जिल्लाहरूमा बिजुली कटौती गरेको एएफपिले बताएको छ ।

सहरका मेयर भिटाली क्लिट्स्कोले सामूहिक आक्रमणमा चार जनाको मृत्यु भएको र दुई बालबालिका सहित कम्तीमा ५८ जना घाइते भएको बताउनु भएको छ । सहरमा विस्फोट भई रहेको जनाउदै एयर डिफेन्स फोर्सले काम गरिरहेको र सुरक्षित स्थानमा बस्न क्लिट्स्कोले पहिले नै चेतावनी दिनु भएको थियो ।

किएभ सहरको केन्द्रबाट धुवाँको ठूलो मुस्लो निस्कदै गर्दा स्थानीय बासिन्दाहरू झोला र कम्बलहरू समातेर आश्रय स्थलहरूमा हतार– हतार जादै गरेको एएफपीले जनाएको छ । रूसले ब्यालेस्टिक मिसाइलले प्रहार गरिरहेको किएभको सिटी मिलिटरी एडमिनिस्ट्रेशनका प्रमुख तिमुर टाकाचेन्कोले पुष्टि गर्नु भएको छ ।

यसै गरी अन्य विभिन्न क्षेत्रमा मिसाइल र ड्रोन आक्रमण भएको रिपोर्ट गरिएको थियो ।

डिनिप्रो सहरमा भएको रूसी आक्रमणमा पाँच जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएको स्थानीय गभर्नर ओलेक्सान्डर गान्झाले बताउनु भएको छ ।

मेयर इगोर तेरेखोभका अनुसार खार्किव सहरमा एक बालकसहित दश जना घाइते भएका छन् ।

यसैबीच, युक्रेनी सीमा नजिकै रूसको कुस्र्क क्षेत्रमा भएको युक्रेनी आक्रमणमा एक व्यक्तिको मृत्यु भएको क्षेत्रीय गभर्नर अलेक्जान्डर खिन्स्टेनले बताएउनु भएको छ ।

एयर अलर्टहरू मार्फत आफ्नो जीवन बचाउन आग्रह गर्दै हवाइ सेवाहरू कुशलता पूर्वक काम गरिरहेको वायु सेना अन्य रक्षकहरू सधैँ जस्तै ड्युटीमा तैनाथ रहेको सुचना जारी गरिएको छ ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रूसी ब्यालेस्टिक मिसाइलहरूलाई रोक्न सक्ने प्याट्रियट मिसाइलहरूको आपूर्तिलाई अनुमति दिन र वित्त पोषण गर्न सहयोगीहरूलाई आह्वान गर्नु भएको छ ।

पछिल्लो समयमा युक्रेनले पनि दैनिक रूसी बमबारीको बदलामा कब्जा गरिएका क्षेत्रहरू र सिमावर्ति रूसी क्षेत्र माथि आक्रमण बढाएको जनाइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...