Admission Open

ad place

मलेसियामा डुङ्गा डुब्दा १४ जना वेपत्ता

मलेसिया कोलालम्पुर, २९ वैशाख (रासस/एएफपी) : मलेसियाको पश्चिमी तटमा रहेको पाङ्कोर टापुमा इन्डोनेसियाका ३७ जना कागजात विहीन आप्रवासी बोकेको डुङ्गा डुब्दा १४ जना बेपत्ता भएको अधिकारीहरूले बताएका छन् ।

पेराकमा स्थित मलेसियन मेरिटाइम एन्फोर्समेन्ट एजेन्सी (एमएमइए) ले सोमबार एक जना स्थानीय माझीले समुद्रमा जीवित व्यक्तिहरू तैरिरहेको भेटेर सुचना गरे पछि घटनाको आशङ्का गरी उद्धार प्रयास गरिएको बताएको छ ।

प्रारम्भिक अनुसन्धानले डुङ्गामा सवार ३७ जना मध्ये २३ जना पीडितलाई उद्धार गरिएको जनाएको छ भने बाँकी व्यक्तिहरू पत्ता लगाउने प्रयास जारी छ । पेराक एमएमइएका निर्देशक मोहम्मद शुकरी खोटोबले विज्ञप्ति जारी गर्दै प्रारम्भिक अनुसन्धानले आप्रवासीहरू मे –९ मा इन्डोनेसियाको किसरनबाट पेनाङ, तेरेङ्गानु, सेलान्गोर र क्वालालम्पुर लगायत मलेसियाका अन्य गन्तव्यहरूतर्फ हिडेको उल्लेख गर्नु भएको छ ।

एजेन्सीले बेपत्ता व्यक्तिहरूको खोजी गर्न डुङ्गा, हेलिकप्टर तथा विमान तैनाथ गरेको उहाँले बताउनु भएको छ । उद्धार गरिएका व्यक्तिलाई थप अनुसन्धानका लागि प्रहरीलाई बुझाएको जनाएको छ ।

मलेसिया एसियाका गरिब भागहरूबाट आएका लाखौं आप्रवासीहरूको मुख्य गन्तव्य हो, जस मध्ये धेरै जना कागजात विहीन छन् जसले निर्माण र कृषि लगायत उद्योगहरूमा काम गरिरहेको जनाइएको छ ।

यद्देपी मानव बेचबिखनको अखडा बनाइएका सिमाहरुमा प्रायः खतरनाक हुनेगरेको र जसले गर्दा डुङ्गाहरू डुब्ने गरेको बताएको छ ।

यस अघि सन् २०२५ नोभेम्बर मा थाई–मलेसियन तट नजिकै अनियमित आप्रवासी बोकेको डुङ्गा पल्टिदा ३६ जना आप्रवासीहरूको मृत्यु भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...