Admission Open

ad place

आज घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, १७ वैशाखः स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा केही गिरावट भएको छ ।

सुन प्रतितोला रु एक हजार ८०० र चाँदी रु १०५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९२ हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ८१० कायम भएको छ ।

हिजो बुधबार एक तोला सुन दुई लाख ९४ हजार ५०० र एक तोला चाँदी रु चार हजार ९१५ मा कारोबार भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...