
काठमाडौँ, २५ साउन / बिहीबार पनि सुनको मूल्य घटेको छ। बुधबारको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोला सात सय रुपैयाँ घटेको हो।
आज छापावाला सुन प्रतितोला एक लाख ११ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघकाले जनाएको छ ।
बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।


