
काठमाडौँ, ११ असार / सोमबार सुनचाँदीको मूल्य बढेको छ । आइतबारको तुलनामा सोमबार सुनको मूल्य २ सय रुपैयाँले बढेको हो ।
आइतबार प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सोमबार प्रतितोला १ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुन प्रतितोला १ लाख ९ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।


