Admission Open

आज प्रतितोला ११ सय रुपैयाँले घट्यो सुनको मूल्य : चाँदीको पनि मूल्य घट्यो

काठमाडौँ, ३ जेठ : आज सुनको मूल्य १ हजार १ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबारको तुलनामा १ हजार १०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको हो । मंगलबार तोलाको एक लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन बुधबार प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको छ ।

चाँदी प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...