Admission Open

सेयर बजारमा सामान्य गिरावट : नेप्से परिसूचक ०.३५ अंकले घट्यो, २ अर्ब ८६ करोडको काराेबार

काठमाडाैं, १२ माघ : साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सामान्य घटेको छ ।आज सेयर बजार परिसूचक नेप्से ० दशमलव ४१ अंकले घटेको हो ।

नेप्से परिसूचक ०.३५ अंकले घटेर २हजार१ सय ८३ दशमलव २१ विन्दुमा पुगेर बन्द भएको छ ।अघिल्लो दिन नेप्से सूचक १० दशमलव ३७ अंकले बढेर २ हजार १ सय ८३ दशमलव ६२ अंकमा पुगेको थियो ।

आज २५४ कम्पनीको ७७ लाख ६४ हजार १५३ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ८६ करोड ८२ हजार ८ सय ३९ रूपैयाँमा कारोबार भएको छ । बुधबार ३ अर्ब ४६ करोड ६५ लाख ८ हजार ३३८ रुपैयाँको सेयर कारोबार भएको थियो। कारोबारको आधारमा आज १०१ कम्पनी धनात्मक, १०७ कम्पनी ऋणत्मक र ५ कम्पनी स्थिर रहेका थिए ।

कारोबार रकमका आधारमा ९ करोड ७० लाख बढिको सेयर कारोबार भयो। रिडी पावर कम्पनीको ८ करोड र आँखु खोला जलविद्युतको ७ करोड बढिको सेयर किनबेच  भएका छन् ।

लुम्बिनी जनरल इन्स्योरेन्स,आदर्श लघुवित्त वित्तीय,बराही हाइड्रोपावर पब्लिक र ज्योति लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

कारोबारमा आएका १३ समूहमध्ये ६ को मूल्य बढ्यो भने ७ को घट्यो। आज बैंकिङ, विकास बैंक, फाइनान्स, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र अन्य समूहको उपसूचक ऋणात्मक भएका छन् भने होटल तथा पर्यटन, हाइड्रोपावर, इन्भेष्टमेन्ट, लाइफ इन्स्योरेन्स, नन् लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहको उपसूचक धनात्मक भएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...