Admission Open

बढ्यो शेयर बजार, ३ अर्ब ७२ करोडको कारोबार

आज ३२ दशमलव ७२ अंकले बढेर २ हजार १ सय ८२ दशमलव ११ विन्दुमा नेप्से

काठमाडौं : साताको तेस्रो दिन सेयर बजार परिसूचक (नेप्से) मा हरियाली छाएको छ । पाँच दिन पछि खुलेको सेयर बजार आज उच्च अंकले वृद्धि भएको हो ।

नेप्से आज ३२ दशमलव ७२ अंकले बढेर २ हजार १ सय ८२ दशमलव ११ विन्दुमा पुगेको छ। आज दुई सय ५० वटा कम्पनीका एक करोड १८ लाख ८३ हजार कित्ता सेयर किनबेिच हुँदा तीन अर्ब ७२ करोड ४७ लाखको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै अपी पावर कम्पनीको २३ करोड २५ लाखको सेयर किनबेच भएको छ। नेप्सेमा आज १३ वटा समूहहरुको कारोबार भएकोमा वाणिज्य बैंक समूहको सूचक चार दशमलव ४५ अंकले घटेर १४ सय दुई दशमलव ३७ अंकमा झरेको छ भने, बाँकी समूहहरुको सूचक बढेका छन्। जसमध्ये विकास बैंक समूहको सूचक एक सय एक दशमलव ३६ अंकले बढेर तीन हजार नौ सय १५ दशमलव ८६ अंकमा पुगेको छ।

जलविद्युत समूहको सूचक एक सय २७ दशमलव ३९ अंकले बढेर दुई हजार ६ सय ५५ दशमलव ८३ अंकमा पुगेको छ। जीवन बीमा समूहको सूचक पनि एक सय ५२ दशमलव ६० अंकले बढेर १० हजार आठ सय ४४ दशमलव ७६ अंकमा पुगेको छ।

निर्जिवन बीमा समूहको सूचक पनि एक सय १६ दशमलग आठ अंकले बढेर नौ हजार दुई सय ९० दशमलव १० अंकमा चढेको छ । यि बाहेक फाइनान्स, होटेल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समूहहरुको सूचक पनि बढेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...