काठमाडौँ : इभेन्ट निर्देशक धिरज तन्डुकरलाई बेस्ट नेशनल डिरेक्टरु अवार्डबाट सम्मानित गरिएको छ ।
कार्यक्रम प्याजेन्ट नेपाल इन्टरनेशनल, टच इन्टरटेनमेन्ट, स्पर्श फिल्म्स र ब्राइट इभेन्ट म्यानेजमेन्टको आयोजनामा सम्पन्न भएको थियो ।
उक्त कार्यक्रम सोल्टीमोडस्थित विलासी हायात प्लेस होटलमा आयोजना गरिएको थियो । स्टेला प्रोफेशनल पेजेन्ट नेपाल इन्टरनेशनल फेसन एण्ड मोडल अवार्ड २०२२ कार्यक्रममा इभेन्ट निर्देशक धिरज तन्डुकरलाई ‘बेस्ट नेशनल डिरेक्टर’ अवार्डबाट सम्मानित गरिएको हो।
लामो समयदेखि मोडलिङ्ग तथा इभेन्ट आयोजकका रुपमा आबद्ध हुँदै आएका तन्डुकर इभेन्ट बेटर ग्यालेक्सी का सि.इ.ओ हुन ।