Admission Open

मुक्तिनारायण मनमाया श्रेष्ठ स्मृति विशिष्ठ साहित्यकार प्रतिभा पुरस्कार” २०२२ साहित्यकार पन्तलाई

काठमाडौँ समाचारदाता : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, न्यूह्यासायरद्वारा स्थापित ‘ मुक्तिनारायण मनमाया श्रेष्ठ स्मृति विशिष्ठ साहित्यकार प्रतिभा पुरस्कार” २०२२ द्वारा बोस्टनका साहित्यकार महेश्वर पन्त पुरस्कृत भएका छन् । राम श्रेष्ठद्रारा प्रायोजित उक्त पुरस्कार नगद २५० अमेरिकी डलरसहित सम्मान-पत्र रहेको छ ।
शनिवार न्यूह्यासायर च्याप्टरद्वारा आयोजित कार्यक्रममा अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाले पन्तलाई पुरस्कार समर्पण गरेका छन् ।

नेपाली भाषा, साहित्य र कलाका क्षेत्रमा सक्रिय रुपले सेवा गरेवापत पन्तलाई पुरस्कृत गरिएको हो ।
आफूलाई पुरस्कृत गरेकोमा संस्थालाई आभार व्यक्त गर्दै यसले लेखन क्षेत्रमा प्रोत्साहन मिल्ने बताए ।
कार्यक्रमका प्रमुख अतिथी अनेसास केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाले पन्तको लेखन यात्राको प्रसंशा गर्दै सही प्रतिभाको चयन गरेकोमा पुरस्कार चयन समितिलाई धन्यवाद ज्ञापन गरे ।
च्याप्टर अध्यक्ष हरिमाया अधिकारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा अनेसास न्यूह्यामसायर च्याप्टरका प्रधान सम्पादक ईश्वरी भट्ट, केन्द्रीय महासचिव विमला निरौला, साहित्यकार लालगोपाल सुवेदी, एन आर एन एन सी सी यू एस ए महिला संयोजक सुन्दरी गुरूङलगायतले पन्तलाई बधाई ज्ञापन गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...