Admission Open

होटल वाराहीलाई उत्कृष्ट उद्योगको सम्मान

पोखरा : होटल वाराही पोखराले उत्कृष्ट उद्योगको सम्मान प्राप्त गरेको छ । पोखरा उद्योग वाणिज्य संघले ३४औं महाधिवेशन उद्घाटनको अवसरमा शुक्रबार होटललाई उत्कृष्ट उद्योगबाट सम्मान गरेको हो ।

कार्यक्रममा वाराही ग्रुपका निर्देशक वैभव पौडेलले सम्मान ग्रहण गरे । गण्डकी प्रदेश पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले सम्मान गरेका हुन् ।

संघका अध्यक्ष नारायण कोइरालाको अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गरेका थिए ।

होटल वाराही पोखराको प्रतिष्ठित होटल अन्तर्गत पर्छ । वाराही ग्रुपले पछिल्लो समय पर्यटन क्षेत्रमा आक्रामक रुपमा लगानी विस्तार गरिरहेको छ । चितवनको मेघौलीमा वाराही जंगल लज, काठमाडौंमा वाराही प्लाजा, सराङकोटमा सराङकोट माउन्टेन लज लगायतमा वाराही ग्रुपको लगानी छ ।

टिप्पणिहरु
Loading...