Admission Open

अनेसासको केन्द्रीय सदस्यमा प्रमोद सारंग मनोनित


समाचारदाता/कोरियामा बसेर नेपाली भाषा र साहित्यको सेवामा समर्पित प्रमोद सारंग अनेसासको केन्द्रीय सदस्यमा मनोनित भएका छन् । अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा शुक्रबार बसेको कार्यसमितिको बैठकले अनेसासको विधान बमोजिम मनोनित गरेको हो ।

बैठकमा उपाध्यक्षहरू राजेन्द्र श्रेष्ठ(अमेरिका), महेश्वर शर्मा( अष्ट्रेलिया) डा. रेणुका सोलु(एसिया), सीता बराल (युरोप) तथा महासचिव विमला निरौला, सचिव दीप पाठक, कोषाध्यक्ष निजानन्द मल्ल, र सदस्यहरू तारा अधिकारी,  सरिता अर्याल, सुदीपभद्र खनाल, यादव देवकोटाको उपस्थिति सुमित स्मृतिको अनुपस्थितिको जानकारी रहेको थियो ।

बैठकले संस्थाको प्रवक्ताको रूपमा बिधान बमोजिम महासचिव विमला निरौलालाई अधिकार दिएको छ भने पूर्वकार्यसमितिबाट लिनुपर्ने सम्पूर्ण कागजात बुझबुजारथका लागि उपाध्यक्षद्वय राजेन्द्र श्रेष्ठ र महेश्वर शर्मा, महासचिव विमला निरौला , सचिव दीप पाठक र कोषाध्यक्ष निजानन्द मल्ललाई जिम्मेवारी दिएको छ ।

यसैगरी बैक खाता सञ्चालनका लागि उपाध्यक्ष राजेन्द्र श्रेष्ठ र कोषाध्यक्ष निजानन्द मल्ललाई अनुमति प्रदान गरेको बैठकले रेडियो अन्नपूर्णसँगको सहकार्यका सञ्चालनमा रहेको  अनेसास रेडियो कार्यक्रमलाई हाललाई स्थगन गर्ने निर्णय गरेको छ ।
बैठकले आगामी साता भानु जयन्ती मनाउने र  कार्यसमिति भित्र गरिएको गोप्य कुरा संस्थाको अहित हुने गरि सार्वजनिक नगर्ने प्रतिवद्दतालाई मनन गरि बिभिन्न समयमा अनेसासले समेटन नसकेका व्यक्तित्वहरूलाई समेटेर अगाडि बढ्ने निर्णय गरेको छ । बैठकले अघिल्लो बैटकले पारित गरेको निर्वाचन समिति, अध्यावधिक समिति, सल्लाहकार समिति र बिभिन्न उपसमितिहरूलाई सम्मानगर्दै धन्यवाद ज्ञापन गर्ने निर्णयको अनुमोदन पनि गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...