Admission Open

अनेसासले साहित्यकार वासु शशी र भाषा शास्त्री महानन्द सापकोटाको सम्झनामा कार्यक्रम गर्ने

नेपालीमाला समाचारदाता : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले साहित्यकार वासु शशी र भाषा शास्त्री महानन्द सापकोटाको सम्झनामा कार्यक्रम गर्ने भएको छ । नेपाली नाटक र कविताका क्षेत्रमा अमेट्य नाम वासु शशीको ८७ औँ जन्मजयन्तीको सन्दर्भ पारेर आगामी शनिवार शशीलाई सम्झना गर्ने भएको छ । कार्यक्रममा शशीको साहित्यिक योगदानका बारेमा चर्चा गर्नुका साथै उनका चर्चित कविताको वाचन गरिने छन् ।

यसैगरी अप्रिल २९, शनिवार भाषा शास्त्री महानन्द सापकोटाको सम्झनामा कार्यक्रम गरिने भएको छ। अनेसास जर्जिया च्याप्टरको संलग्नतामा गरिने उक्त कार्यक्रममा सापकोटाको साहित्यक योगदानका बारेमा चर्चा गरिनुका साथै खुल्ला वाचन गरिने छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...