Admission Open

बाँझिएका जमिन हरियाली : सिँचाइले फेरियो जीवनशैली

पाल्पा : सिँचाइ अभावमा बाँझिएका जमिन अहिले हरियालीमय बनेको छ। हिजो सिँचाइ नहुँदा खेती गर्न छाडिएका बाँझो खेतमा हरियाली अन्नपात फलेको देख्दा हरिबहादुर रानाका आँखाबाट हर्षका आँशु पोखिन्छन् ।

बालबच्चा लालनपालन गर्न खेती लगायो उचित समयमा सिँचाइ दिन नसक्दा बीउ पनि उब्जाउन मुस्किल हुने ती जग्गामा लटरम्म अन्नपात फलेको देख्दा उनलाई रमाइलो लागेको छ । पाल्पा रामपुर नगरपालिका–५ स्थित रानाटोल बस्ने हरिबहादुर उमेरले ९० वर्षमा टेकेका छन् । रानाको दैनिकी लठ्ठीको साहारामा खेत वरिपरि घुम्दै हरियाली फलेका अनाज देख्दा खुसी मुद्रामा बितिरहेको छ । आफूले भेटेका जो–कोहीलाई पनि खेतमा लगाइएको बालीनाली देखाउँदै हिजोका संघर्षका कथा सुनाए ।

उनि भन्छन्, “परिवार पाल्न भनेर निकै दुःख गरेर खेती लगायो बालीनालीलाई आवश्यकताअनुसार सिँचाइ दिन पाइँदैनथ्यो, आकाशको पानी नपरेका वर्ष उत्पादन स्याहार्नै परेन, अहिले झैँ बजारमा किनेर खान पाउने अवस्था पनि थिएन, सामान किन्न सदरमुकाम तानसेन, बुटवल बजार नै जानुपथ्र्यो, हिजोका ती जग्गामा अहिले हराभरा बाह्रै महिना अन्नबाली फलेको देख्दा जमानाले ठूलै कोल्टे फे¥यो जस्तो लाग्छ ।”

बहखोला खजनीखोला बेझाड खेत सिँचाइ आयोजनाको कुलो मर्मत गरी पक्की बनेपछि उनका बाँझिएका र खेती गरेर उत्पादन लिन नसकिएका जमिन हराभरा बनेका छन् । उमेरले बुढ्यौली टेके पनि खेतबारीमा हरियाली कृषि बालीले ढाकेको देख्दा उनमा हिजोका संघर्षका दिन सम्झँदा कथाजस्तो लाग्दछ । खेतमा बाली लगाएपछि पानी पटाउन बिहान उठेर कुलोमा पात पतिङ्गर, ढुङ्गामाटो सफा गर्दै मुहानमा पानी लगाएर घर फर्कँदा कहिलेकाहीँ दिन बितेको पत्तो नै नभएको उनले अनुभव सुनाए ।

विसं २००५ मा हरिबहादुरका हजुरबुवा कर्णबहादुरले किनेको जग्गा अहिले पनि भोगचलन गरिरहेका छन् । बाउबाजेको पालादेखि नै भोगचलन गर्दै आएको पुख्र्यौली जग्गा हिजो सिँचाइ दिन नसक्दा बाँझिए । उत्पादनशील पानी नलाग्ने भनिएको जग्गा अर्थात् बारीमा पनि सिँचाइ सुविधा पुगेपछि खेतको रूपमा परिणत भई धान फल्न थालेको उनले बताए । “बारी भनेर केही नलगाउने जग्गामा अहिले मज्जाले धान फल्ने भयो, सिँचाइ सुविधा भयो भने कृषि बाली लगाएर परिवार धान्न समस्या छैन, कुलो पक्की भएपछि पहिलोजसो महिनौँ सफा गर्न जानुपर्ने झन्झटबाट हामी उपभोक्तामुक्त भइयो, किसानलाई सिँचाइ सुविधाले धेरै आनन्द बनाएको छ, उत्पादन पनि बढिरहेको छ”, उनले भने।

खेतमा सिँचाइ गर्न कुलोको मुहानमा सालका हाँगा, स्याउलाले बाँध बाँधेर पानी ल्याइन्थ्यो । अस्थायी संरचना हुँदा वर्षायाममा बाढीले बगाएर लैजाने समस्या किसानले झेल्नुप¥यो । यसरी ल्याइएको पानी कच्ची कुलोका कारण ठाउँ–ठाउँमा चुहिने र सोसिएर हिउँदयाममा त खेतमा पु¥याउनै सकिँदैनथ्यो । गहुँ, मकैबाली छर्ने समय रातदिन उपभोक्ताबीच पालो विभाजन गरेर पानी लगाउने चलन थियो । रातको समयमा बस्तीदेखि टाढा रहेको मुहानमा पुगेर कुरेरै पानी लगाउन किसानले धेरै सास्ती भोग्नुपरेको थियो । तर अहिले भने यो समस्या किसानलाई छैन । मूल कुलोबाट आएको पानी बेझाड खेतको मुहानमा शाखा कुलो निर्माण गरेर सबैका खेतमा पानी वितरण भइरहेको छ ।

आकाशे पानी नपरेका बेला मुहानका खेतमा लगाइएका धानबाली जसोतसो उत्पादन लिएपनि पुछार खेतमा लगाइएका धानबालीको बीउ स्याहार्नै नपाएको हिजोको अवस्था अझै पनि मनमा ताजै रहेको बताउँछन् ७ वर्षीय सूर्यबहादुर राना । “आकाशे पानी गरेका समय वर्षायामको भलपानी छोपेर धान लगाइन्थ्यो, खडेरी परेका बेला खेतमा पानी नै पुग्दैनथ्यो, कहिलेकाँही दुःखसँग गरेको खेती सिँचाइ अभावमा सप्रन नपाएर बीउ नै स्याहार्नै पाइएन, सिँचाइ आएपछि भने किसानले सबै बाली लगाएर राम्रो उत्पादन लिन थालेका छन्, कृषिमा जोश जाँगर बढेर आउँछ”, उ६नले भने ।

उनि खेतमा सिँचाइ गर्न कुलोको मुहानमा धाउन छाडेको करिब सात वर्ष भयो । व्यवस्थित र पक्की कुलोको संरचना बनेपछि बेझाड खेतका सबैजसो जमिन हराभरा बनेका छन् । धान, गहुँ, मकै, तरकारी, सूर्यमुखीलगायतका विभिन्न बाली लगाएर राम्रो उत्पादन किसानले लिदै आएका छन् । वर्षायाममा धान बाली मात्रै लगाउने अन्य समय बाँझै राख्ने खेत अहिले देख्न पाइँदैन । वर्षमा एक बाली त्यो पनि धान लगाएर राम्रोसँग स्याहार्न नपाउने समस्या भोगेका यहाँका किसानलाई कुलो पक्की बनेपछि ठूलो राहत पुगेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...