Admission Open

ad place

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र शाहको मत ५० हजार नजिक : स्थापितको मत भन्दा भण्डै २० हजार बढी

काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उमेदवार बालेन्द्र शाह (बालेन)को मत ५० हजार नजिक पुगेको छ । १ लाख ४७ हजार ३९४ मत गन्दा मेयरमा स्वतन्त्र उमेदवार बालेन्द्र शाह (बालेन) ले ४८ हजार ५५२ मत प्राप्त गरी आफ्नो अग्रतालाई अझै फराकिलो बनाउँदै लगेका छन् ।

नेकपा एमालेका उमेदवार केशव स्थापित २९ हजार १८ मतका साथ तेस्रो स्थानमा छन् भने नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले २९ हजार ७८५ मत प्राप्त गरी दोस्रो स्थानमा कायम रहेकी छन्।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...