Admission Open

धरानमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको अग्रता कायमै : बढ्दैछ मतान्तर

धरान : धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले मतान्तर बढाएका छन् ।

कांग्रेसका उम्मेदवार किशोर राई हर्क साम्पाङभन्दा २१० मतले पछि परेका छन् ।

गठबन्धनका मेयर उम्मेदवार किशोर राईले ८६७८ मत प्राप्त गरेका छन् । स्वतन्त्रका उम्मेदवार साङपाङ र गठबन्धनका राईको बिचमा १४० मतान्तर रहेको छ । नेकपा एमालेकी उम्मेदवार मञ्जु भण्डारीले ७०६६ मत प्राप्त गरेकी छिन् ।

यस्तै उपमेयरमा भने गठबन्धनका उम्मेदवार अइन्द्रविक्रम बेघाले ९७४५ मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवार पदम इस्वोले ९४०१ मत प्राप्त गरेका छन् ।

धरानको वडा १, २, ३, ४, ५, ६, ७, ९, १०, १८ र १९ को मतगणना सम्पन्न भइसकेको छ । अहिले वडा नं ८, ११ र १२ को मतगणना जारी छ । वडा नं २० को विवादका कारण मतगणना स्थगित गरिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...