Admission Open

‘डेङ्गु संक्रमितको उपचारको जिम्मा प्रदेश सरकारले लिन्छ’

मोरङ  /  कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले डेङ्गु संक्रमितको उपचारको जिम्मा प्रदेश सरकारले लिने बताएका छन् । धरान उपमहानगरपालिकाका विभिन्न राजनीतिक दलका प्रतिनिधिसितको भेटमा  आज उनले डेङ्गु नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारले प्रभावकारी कदम चाल्ने बताए ।
मुख्यमन्त्री थापाले ध्यानाकर्षणपत्र बुझ्दै डेङ्गु नियन्त्रण एवं रोकथामका लागि स्वास्थ्य मन्त्रालयमार्फत आवश्यक औषधिलगायत सामग्रीसहित सम्पूर्ण उपचारको जिम्मा प्रदेश सरकारले लिने प्रतिबद्धता व्यक्त गरे । विराटनगरस्थित एक हजार शय्याको संक्रमण रोग तथा सघन उपचार केन्द्रमा डेङ्गुुलगायत अन्य रोगबाट पीडितको उपचार सरकारले निःशुल्क गर्ने व्यवस्था मिलाएको उनले बताए ।
मुख्यमन्त्री थापाले डेङ्गु नियन्त्रणका लागि माग गरिएको ‘स्प्रे मेसिन’ प्रदेश विपद् व्यवस्थापन समितिमार्फत उपलब्ध गराइने जानकारी दिए ।
यस्तै कोशी प्रदेशसभा सदस्य रमेश बस्नेतले समयमै डेङ्गु रोग नियन्त्रणका लागि सबैको सहयोग आवश्यक रहेको औँल्याए ।
मुख्यमन्त्री थापालाई नेपाली कांग्रेस, नेकपा ९एमाले०, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी तथा जनता समाजवादी पार्टीका धरानस्थित नगरसभापतिले संयुक्तरुपमा ध्यानाकर्षण पत्र बुझाएका थिए । कांग्रेसका नगरसभापति श्याम पोखरेल, एमालेका हर्कजङ एवेल, माओवादी केन्द्रका सर्वजित राई, नगरपालिकाका पूर्वप्रमुख तिलक राईलगायतले डेङ्गु नियन्त्रण तथा सङ्क्रमितको उपचारका लागि सहयोग गर्न मुख्यमन्त्री थापालाई आग्रह गरे । तीन महिनायता डेङ्गुका कारण ११ जनाको मृत्यु भएको छ । (रासस)
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...