आज २०७९ बैशाख २ गते शुक्रवार
तद्नुसार अप्रिल महिनाको १५ तारिक ।
आजको राशिफल
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : आज अभिभावकको सुझावले उचाइमा पुर्याउन सहयोग गर्नेछ । क्षमता प्रदर्शन गर्ने क्रममा प्रतिष्ठा र पदोन्नतिको ढोका खोलिनेछ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : आज अधुरो कार्यको प्रारम्भ हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । खानपिन र मनोरञ्जनमा अभिरुचि पनि बढ्नेछ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : लाभहानी, आयव्यय, सुखदुख बराबरी मध्यम खालको दिन छ । शुभअशुभ दुवै समाचार सुनिएला । मित्रसँग मीठो भेट घाट रहनसक्छ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । अरुलाई प्रभावित पारेर काम बन्नसक्छ । व्यापार व्यवसायमा भने त्यति राम्रो नहुन सक्छ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : आज आफन्त र प्रिय व्यक्तिसँग भेट घाट होला । शुभकार्यको योजना बन्नेछ । धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ ।
तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : धूम्रपान र मद्यपानबाट टाढै रहनुहोला । सामान हराउने वा चोरी हुने भय छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : आज दाम्पत्य जीवन सुखमय हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शत्रु पनि पराजित हुनेछन् । धार्मिक यात्राको योग छ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : आज परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । नयाँ कामको योजना बन्ने वा थालनी हुनेछ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : सामाजिक कार्यमा मन जाला । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : नगद सापटी लिएका आफन्तहरूले वचन पूरा नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ । स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : आज शुभ कार्यको योग छ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । आफन्तबाट सहयोग मिल्नेछ ।