Admission Open

ad place

तपाईँको आजको राशिफल यस्तो छ

काठमाडौँ, २७ वैशाख :

श्रीशाके १९४४ वसन्त ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०८० वैशाख २७ गते बुधबार तद्अनुसार सन् २०२३ मे १० तारिख ज्येष्ठ कृष्ण पक्षको पञ्चमी तिथि पूर्वाषाढ़ा नक्षत्र साध्य योग गर करण आनन्दादिमा श्रीवत्स योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ५ः२० मा भयो र सूर्यास्त साँझ १८ः४२ बजे हुनेछ ।✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

मेष – रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नु हितकर होला । पारिवारिक सहयोग प्राप्त हुनेछ । तर, पुरानो रोगले सताउन सक्छ । आत्मीयजनसँग भेटघाट होला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – जोखिम वृद्धि हुनेछ तर कार्यमा सफलता प्राप्त होला । आजको दिन अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । बोलीको विपरीत अर्थ लाग्ने योग भएकोले मुखलाई नियन्त्रणमा राख्नुहोला । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । धन आर्जन हुने समय छ । सन्तानसुख मिल्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन – नयाँ कामको प्रस्ताव आउने समय छ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ । आम्दानीका स्रोत बढ्नेछ । प्रेमभावका साथै आशा उत्साह बढ्नेछ । आरोग्यता वृद्धि हुनेछ ।

कर्कट – आरोग्यता वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्ला । रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । पढाइलेखाइमा प्रगति हुनेछ । स्वादिष्ट भोजनको आनन्द पाइएला । यात्रामा सफलता प्राप्त हुनेछ ।

सिंह – मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिनेछ । खर्चको मात्रा भने बढ्ने देखिन्छ । दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कन्या – ब्यस्तता बढ्नेछ । आजको दिन सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने योग रहेकोले उदार व्यवहार गरी अर्काको मन जित्ने प्रयत्न गर्नु हितकर होला । जटिल काम सम्पादन हुनाले उत्साह बढ्नेछ । व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

तुला – पराक्रम र सुख बढ्नेछ । बोली र व्यवहारको प्रभावले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् भने सहयोगीहरूले काममा साथ दिनेछन् । रोकिएको काम बन्नसक्छ । रमाइलो जमघटको अवसर पनि प्राप्त हुने देखिन्छ । शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ ।

वृश्चिक – सकारात्मक कार्यमा मन जाने समय छ । उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । मेहनतले सम्मानित स्थान दिलाउनेछ । नचिताएको ठाउबाट धन आर्जन हुनाले मन हर्षित होला । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता वृद्धि होला । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ ।

धनु – आजको दिन त्यति अनुकुल नहुनाले सावधानी अपनाएर व्यवहार गर्नुहोला । चोरी वा ठगीमा परिने समय छ । आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला । तथापि, सामाजिक क्षेत्रमा भने नेतृत्व हातलागी हुने योग छ । कामले धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । मित्रजनको सहयोग र समर्थन प्राप्त हुनेछ ।

मकर – हिम्मत पलाउने समय छ । आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिनेछ । आशा उत्साह बढ्ला । रसराग प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ ।

कुम्भ – मनोरञ्जनपूर्ण समय छ । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगति होला । काममा सोचेजस्तै सफलता मिल्नेछ । आयबल बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । मीठो भोजन प्राप्त हुनेछ ।

मीन – कर्मबल बढ्ने समय छ । आज टाढाको यात्रा हुने सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो होला । समयको गतिलाई पछ्याउन नसक्दा अलिक दुःख पाइएला । तथापि, बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...