Admission Open

ad place

हेर्नुहोस् आजको तपाईको राशिफलः कस्तो रहनेछ आजको भाग्य ?

काठमाडौँ, १७ असार / श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८० आषाढ १७ गते तद्अनुसार सन् २०२३ जुलाइ २ तारिख आइतबार आषाढ शुक्ल पक्षको चतुर्दशी तिथि ज्येष्ठा नक्षत्र शुक्ल योग गर करण आनन्दादिमा काण योग चन्द्रमा वृश्चिक राशिमा १२ः३७ बजेसम्म त्यसपछि धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१३ मा भयो र सूर्यास्त साँझ १९ः०२ बजे हुनेछ । खेलकुद पत्रकार दिवस ।अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

मेष – समय त्यति अनुकुल नरहला । मनमा खराब बिचारहरुले डेरा जमाउन सक्छन् । काममा रोकावट र मानसम्मानमा आघात पुग्ने समय छ । काममा रुचि घट्नेछ तर रुपैयापैसा कमाउन सकिनेछ । सोच्दै नसोचेको काम सम्पादन हुन सक्छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । मित्रभाव वृद्धि होला ।

वृष – रोकिएको काम बन्ने समय छ । धन लगानी गर्ने अवसर मिल्ला । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । दीनदुःखीलाई दिएको सहयोगले सन्तोष दिलाउला । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने योग छ । सोचेभन्दा बढी नै लाभ होला । साझेदारी काममा विशेष लाभ मिल्नेछ । आरोग्यता रहनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – बिग्रिएका कामहरु बन्ने समय छ । सहयोग, पुरस्कार र हौसला जस्ता कुरामा वृद्धि होला । तथापि, तपाईंको कमजोरीमाथि टिप्पणी हुनसक्ने समय छ । सामाजिक क्षेत्रमा अग्रसर हुने दिन छ । वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ । समस्याको समाधान प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । रोग र शत्रु परास्त हुनेछन् ।

कर्कट – आज गरिएका कामको उचित प्रतिफल पाइने भएपनि विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । आजको दिन यात्रा नगरेकै बेश होला । अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ । मौकाको फाइदा उठाउन विशेष प्रयत्नको दरकार छ । दायित्व बढ्नेछ । पारिवारिक सुख मिल्नेछ ।

सिंह – आजको दिन सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्ला । परिवारका मान्यजनको स्वास्थ्यमा केही कमजोरी आउने योग छ । विगतका निर्णयले काम बिग्रन सक्छ । मान्यजनको सुझावप्रति पनि विश्वास नलाग्ला । आज खर्च वृद्धि हुन सक्छ । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । व्यस्तता बढ्नेछ । पारिवारिक सुखको अनुभूति होला ।

कन्या – समय शुभदायी छ । प्रशस्त धन आर्जन गर्ने मौका मिल्ला । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने दिन छ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । पराक्रम वृद्धि हुनेछ । सन्तान पक्षबाट सुख प्राप्त होला । आफन्तको साथ प्राप्त हुनेछ । समस्याको समाधान मिल्नेछ ।

तुला – व्यवसायबाट फाइदा उठाउने मौका छ । प्रतिस्पर्धीहरूले हार खानेछन् । काममा परिवारजनको सहयोग जुटाउन सक्दा फाइदा होला । प्रतिष्ठा कमाउने कर्म गर्ने मौका मिल्नेछ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । आरोग्यबल वृद्धि हुनेछ । योजना र बजेट बनाई काम गर्नु हितकर होला ।

वृश्चिक – आजको दिन सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान् । भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ । स्वास्थ्यमा गडबडी भइ दैनिक कामकाजमा असर पर्ने सम्भावना छ । बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने योग रहेकोले विशेष सावधानीपूर्ण व्यवहार गर्नु हितकर हुनेछ । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । सुख सुविधाको बस्तु खरिदमा खर्च हुन सक्छ ।

धनु – लामो समयदेखि रोकिएको काम बन्नेछन् । पारिवारिक सुख मिल्ने दिन छ । अध्ययन-अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनुहुनेछ । शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्, सचेत रही व्यवहार गर्नु हितकर होला । आज स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्नेछ । यावसायिक काममा राम्रै फाइदा मिल्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – आजको दिन कलाकारिता तथा खेल क्षेत्रमा रहने हरुको लागि समय उत्साहप्रद देखिन्छ । धन आर्जन गर्ने मौका मिल्न सक्छ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । आफ्नै कमजोरीले विवादमा पर्न सकिने सम्भावना भउकोले विशेष सावधानी अपनाउनु हितकर होला । धर्मकर्ममा रुचि बढ्नेछ । परिवारिक सुख बढ्नेछ । नियमकानूनले साथ दिनेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ – आकस्मिक यात्राको समय छ । नयाँ जिम्मेवारी हमत पर्ने सम्भावना छ । कुरा काट्नेहरू सक्रिय होलान् । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । पारिवारिक आवश्यकता पूर्ति हुने र श्रमको उचित मूल्यांकन हुनेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मीन – कर्मबल बढ्ने समय भए पनि आजको दिन विश्वास गरेकाबाट धोका हुन सक्छ । पठन–पाठनमा पनि त्यति समय दिन नसकिएला । खर्च बढ्नुको साथै शरीरमा आलस्यता बढ्नाले अरूको आलोचनाको शिकार भइएला । प्रयत्न गर्दा पनि उपलब्धि हासिल गर्न गाह्रो पर्ने योग छ । आफन्तको साथ कमै मिल्नेछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...