Admission Open

भ्वाइस अफ किड्सकी पेमा देचेन तामाङसँग राजेश पायल राईको ‘सै हँमा’

धरान : भ्वाइस अफ किड्स प्रतियोगिताको सेमीफाइनलसम्म पुगेकी पेमा देचेन तामाङलाई गायक राजेश पायल राईले आफ्नै संगीत र स्वरमा ‘सै हँमा’ बोलको युगल गीत रेकर्ड गराएर स्टुडियो भिडियो सार्वजनिक गरेका छन्।

‘सै हँमा’ र ‘सै हँपा’ अर्थात् राई भाषामा रानी र राजा अर्थ लाग्ने शब्द प्रयोग गरिएको गीतको शब्द टिका चाम्लिङ्गको रहेको छ भने संगीत संयोजन राजु कार्कीको रहेको छ। मनोज राइले भिडियो छायाँकन तथा सम्पादन गरेका हुन्। सोमबार सार्वजनिक गरिएको गीत नेपालसहित कतार र कुवेतमा समेत युट्युब ट्रेन्डिंगमा परेको छ। राजेश पायल राईले यस अघि पनि मेलिना मैनाली , बिसाखा साही ,सुदिता राई , सुजिता योञ्जन , इशान राई , बैशाली लामा लगायतका द भ्वाइसका प्रतियोगीहरुसँग युगल गीतहरु आफ्नै संगीतमा रेकर्ड गराएर सार्वजनिक गरेका छन्। यसरी नै नयाँ प्रतिभाहरुलाई राजेश पायल राई म्युजिक एकेडेमीमार्फत मौका दिईरहने गायक राजेश पायल राईले बताए ।

म्युजिक भिडियो लिंक :

https://www.youtube.com/watch?v=t-ILc4c5qCc&authuser=2

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...