Admission Open

ad place

टिकाको संगीत, बिक्कीको स्वरमा ‘एकै नजरमा’ सार्वजनिक ( भिडियो )

काठमाडौं :  एक युवाले सुन्दर युवती देखे पछि मनमा आएका रोमान्टिक भावलाई समेटेर तयार पारिएको ‘एकै नजरमा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।गायक बिक्की परियारको सुमधुर स्वरमा सजिएको यस गीतमा शब्द बिष्णुबाबु देवकोटाको रहेको छ।

टिका दाहालले संगीतवद्द गरेको गीतमा राहुल प्रधानको  संगीत संयोजन रहेको छ। कालिञ्चोकमा छायाँकन गरिएको यस भिडियोलाई बुद्ध थापाले खिचेका हुन्।  बिकाश लामिछाने र  बिना राउतलाई भिडियोमा रोमान्टिक मुडमा देख्न सकिन्छ।

भिडियोमा  दिन्सन शाहको  सम्पादन रहेको छ । केशव राज भट्टको निर्देशनमा भिडियो तयार पारिएको हो। संगीतकार दाहालको आधिकारिक च्यानल ‘टिका दाहाल म्युजिक’ मार्फत भिडियो सार्वजनिक भएको हो। भिडियो दर्शक सोर्तालाई मन पर्ने कुरामा निर्माण टिम आशावादी रहेको छ।

भिडियो लिंक: https://youtu.be/JwekWGVrY_8

TVS_Golden key

टिप्पणिहरु
Loading...