Admission Open

ad place

ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी

वासिङ्टन, २९ भदौ (रासस/एएफपी) : अमेरिकी सञ्चारमाध्यमका अनुसार, राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सोमबार कोइला र ग्यासबाट सञ्चालन हुने विद्युत् केन्द्रमा लागू जलवायु प्रदूषणसम्बन्धी सीमाहरू हटाउने घोषणा गर्ने तयारी गरेको छ ।

यस परिवर्तनले पूर्वराष्ट्रपति जो बाइडेनको प्रशासनले सन् २०२४ मा ल्याएका नियमलाई उल्ट्याउनेछ । ती नियमले कोइला र ग्यासबाट सञ्चालन हुने विद्युत् केन्द्रलाई आफ्नो लगभग सम्पूर्ण कार्बन उत्सर्जन घटाउन वा हटाउन बाध्य बनाएको थियो ।
ब्लुमबर्ग न्युज र न्युयोर्क टाइम्सले यस विषयमा जानकारी राख्ने व्यक्तिलाई उद्धृत गर्दै आइतबार जनाएअनुसार, वातावरण संरक्षण एजेन्सी (इपिए) का प्रशासक ली जेल्डिनले ह्युस्टनमा हुने जी–२० ऊर्जामन्त्रीहरूको बैठकमा उक्त परिवर्तनको घोषणा गर्ने अपेक्षा गरिएको छ ।

न्युयोर्क टाइम्सका अनुसार, प्रस्तावित नयाँ नियमअन्तर्गत विद्युत् केन्द्रहरू मर्करी, आर्सनिकलगायत अन्य प्रदूषकमाथि लागू केही सीमाको दायरा भने कायम रहनेछ । कोइला सबैभन्दा बढी हरितगृह ग्यास उत्सर्जन गर्ने जीवाश्म इन्धनमध्ये एक हो र यसले जलवायु परिवर्तनमा महत्वपूर्ण योगदान पु¥याउँछ ।

ट्रम्पले मानिसका कारण हुने जलवायु परिवर्तनलाई पटक–पटक धोखा भन्दै आउनुभएको छ । गत वर्ष पुनः राष्ट्रपतिको पद सम्हालेयता उहाँले धेरै वातावरणीय नियम उल्ट्याउने प्रयास गर्नुभयो, जसमध्ये धेरैले जीवाश्म इन्धनको प्रयोग र उत्सर्जन सीमित गर्ने व्यवस्था गरेका थिए ।

यसै वर्ष इपिएले सन् २००९ को आफ्नो ‘एन्डेन्जरमेन्ट फाइन्डिङ’समेत खारेज गरेको थियो । उक्त वैज्ञानिक निष्कर्षले हरितगृह ग्यास उत्सर्जनले जनस्वास्थ्य र जनकल्याणलाई खतरामा पार्ने ठहर गरेको थियो ।

May 3, 2016 – South Bend, IN, UNITED STATES – U.S. Republican presidential candidate Donald Trump speaks during a campaign rally at the Century Center in South Bend, Indiana, U.S., May 2, 2016 (Credit Image: © Kamil Krzaczynski/Reuters via ZUMA Press)
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...