Admission Open

ad place

सुनको मूल्यमा गिरावट, चाँदी भने बढ्यो

काठमाडौँ :  नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ भने चाँदीको मूल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला २ लाख ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन आइतबार २ लाख ९८ हजार ९०० रुपैयाँ कायम भएको हो ।

यता, चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले बढेको छ। शुक्रबार प्रतितोला ५ हजार २७५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ५ हजार ३०० रुपैयाँ पुगेको महासंघले जनाएको छ। नेपालमा अन्तर्राष्ट्रिय बजारको उतारचढावका आधारमा महासंघले दैनिक रूपमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गर्दछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...