Admission Open

ad place

आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ, ६ वैशाख : नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

महासंघले दिएको जानकारी अनुसार आज छापावाल सुन तोलामा ६०० ले घटेर १ लाख ३८ हजार ६०० कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३७ हजार ९५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि बुधबार छापावाल सुन प्रतितोला १ लाख ३९ हजार २०० रुपैयाँ कारोबार भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मुल्य भने सामान्य बढेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला १७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...