Admission Open

कोका–कोलाको ‘काठमाडौँ इज कुकिङ’ को दोस्रो संस्करण हुदै

काठमाडौँ, २८ फागुन : कोका–कोलाले ʻकाठमाडौँ इज कुकिङ’ को दोस्रो संस्करण गर्ने भनेको छ । काठमाडौँको हायात होटल मैदानमा चैत्र २ गते, शुक्रबार बिहान ११ बजेदेखि उक्त अत्याधिक अपेक्षित कार्यक्रम सुरु हुनेछ ।

ʻइज कुकिङ’ कोका–कोलाको विश्वव्यापी क्याम्पेन हो जसले विश्वभर खानालाई मजा लिएर खान प्रोत्साहित गर्दै आएको छ । यो कार्यक्रम कोका–कोलाको ग्लोबल ब्रान्ड प्लेटफर्म – ʻरियल म्याजिक’ अन्तर्गत नै पर्न आउँदछ ।

यस वर्षको ʻकाठमाडौँ इज कुकिङ’ ऐतिहासिक हुने कम्पनीले जनाएको छ । यस कार्यक्रममा चर्चित भारतीय गायक पापोन लगायत नेपाली चर्चित ब्यान्ड तथा गायकहरु द एलेमेन्ट्स, भेक, जोन एन्ड द लोकल्स, सुशान्त घिमिरे र प्रजिनाले पनि प्रस्तुति दिनेछन् । यी कलाकारहरुको मनमोहक प्रस्तुतिले अविस्मरणीय साङ्गीतिक अनुभव प्रदान गर्ने कम्पनीले विश्वाश लिएको छ ।
कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर चन्द्रिका कालियाले भन्नुभयो, “यस कार्यक्रमले नेपालीहरुको रमाइलो गर्ने संस्कृतिलाई झल्काउनेछ । ʻकाठमाडौँ इज कुकिङ’ मा हाँसो, खुसी र मनोरञ्जनका पलहरु देख्न पाइनेछ । नेपाली समुदायको विभिन्न जीवन्त भावनाहरुलाई यस कार्यक्रममा उतार्न पाउँदा हामी निकै हर्षित छौँ ।”

ʻकाठमाडौँ इज कुकिङ’ ले नेपालको सङ्गीत र सबैको मनपर्ने परिकार मोस्मो को कम्बिनेसनलाई झनै बलियो बनाउनेछ । यो संस्करणले पनि अघिल्ला वर्षहरुझै सफल हुने कम्पनीले विश्वाश लिएको छ । यस कार्यक्रममा उपस्थित हुन चाहनेहरुले मोस्मो र कोका–कोलाको स्वाद सहित मनमोहक साङ्गीतिक प्रस्तुतिको मजा पनि लिन सक्नेछन् । यस कार्यक्रममा विशेष कम्बो अफर र छुटसहित २५ भन्दा बढी मोस्मो भेन्डरहरुको सहभागिता हुनेछ ।

बोटलर्स नेपाल लिमिटेडका एमडी श्री दीपक सेन्थिल नाथले भन्नुभयो, “काठमाडौँ इज कुकिङ’ को दोस्रो संस्करणलाई नेपालमा कोका–कोलाको यात्राको एउटा महत्वपूर्ण कोसेढुंगाको रुपमा स्थापित हुनेछ । यस कार्यक्रम मार्फत हाम्रा उपभोक्ताहरुका लागि अतुलनीय क्षणहरु सिर्जना गर्न पाउँदा हामी निकै उत्साहित छौँ । सङ्गीत, मोस्मो र कोका–कोलाको कम्बिनेसन यस दिनको कार्यक्रममा देख्न पाइनेछ ।”
ʻकाठमाडौँै इज कुकिङ’ फोहोर–रहित कार्यक्रम रहेको कम्पनीले जनाएको छ । यस कदमले कोका–कोलाको रिसाइक्लिङप्रतिको प्रतिबद्धतालाई झल्काएको छ । ʻकाठमाडौँै इज कुकिङ’ मा सहभागी भई रमाइलो गर्ने अवसरको फाइदा लिनुहोस् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...