Admission Open

कोका–कोलाको सक्षम तालिमको तेस्रो संस्करण सुरु

काठमाडौँ, २७ फागुन : कोका–कोलाको महिला उद्यमी सशक्तिकरण पहलअन्तर्गतको ʻसक्षम’ तालिमको तेस्रो संस्करण सुरु भएको छ । कम्पनीले विगत २ वर्ष देखि महिला उद्यमशीलतालाई प्रवर्धन गर्ने उद्धेश्यले सक्षम तालिम संचालन गरी रहेको छ ।

यस बारेमा बोल्दै बोटलर्स नेपाल लिमिटेडका दीपक सेन्थिल नाथले भन्नुभयो, “सक्षमले महिला उद्यमीहरूको सीप बढाउन मात्र नभई उनीहरूको आत्मविश्वास बढाउन र समान विचार भएका महिलाहरूबीच संजाल बनाउन पनि महत्वपूर्ण भूमिका खेल्दै आएको छ । सक्षम तेस्रो वर्षमा प्रवेश गर्दै गर्दा हामी समाजमा समावेशी व्यापारको वातावरण सिर्जना गर्न प्रतिबद्ध छौँ ।”
सक्षमले साना तथा मझौला व्यवसायमा संलगन महिला उद्यमीहरूको क्षमता अभिवृद्धि गर्न एक महत्वपूर्ण प्लेटफर्मको रूपमा काम गर्दै आइरहेको छ । सक्षमले नयाँ ज्ञान प्रदान गर्नुका साथै समस्या समाधानको उपायहरु पनि महिला उद्यमीलाई दिँदै आइरहेको छ । साथमा सक्षमले महिला स्टार्टअपलाई व्यापक सहायता प्रदानगर्दै कोका–कोलाको महिलाहरुको उद्यमशील यात्रामा सहयोग गर्ने प्रतिबद्धतालाई कायम गरेको छ ।

कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर चन्द्रिका कालियाले कम्पनीको विविधता र समावेशीकरणप्रतिको प्रतिबद्धतालाई प्रकाश पार्दै भन्नुभयो, “सक्षम तेस्रो संस्करणले महिला उद्यमीहरुलाई अर्थतन्त्रमा समावेश गराउनुका साथै सुवर्ण अवसरहरू सिर्जना गर्नेछ । पहिलेका संस्करणहरुझैँ यस संस्करणले पनि नेपाली महिलाहरुको उद्यमशीलताको यात्रामा प्रभावशाली भूमिका खेल्नेमा हामी विश्वस्त छौँ ।” सक्षमले देशका २,००० भन्दा बढी महिलाहरूलाई उद्यमशीलता सम्बन्धी तालिम प्रदान गरी अर्थपूर्ण परिवर्तन ल्याइरहेको छ । कोका–कोलाको यस पहलको निरन्तरताले महिला उद्यमशीलतालाई झनै बढावा दिनेछ ।
कोका–कोला नेपालका सस्टेनेबिलिटी पार्टनर, एटेलियर प्लेटफर्मका संस्थापक रितु गुरुङ केसीले भन्नुभयो, “सक्षम तेस्रो संस्करणको मुख्य लक्ष्य भनेको दिगो विकाश नै हो । महिला उद्यमीलाई सशक्तिकरण गरी हामी दिगो र समतामूलक भविष्य निर्माण गर्नमा हामी प्रतिबद्ध छौँ ।”

सक्षम तेस्रो संस्करणको प्राथमिक उद्देश्य भनेको महिलाहरूलाई सशक्तिकरण गरी व्यावसायिक सीपहरू अभिवृद्धि गर्ने र देश विकासका लागि अनुकूल वातावरण बनाउने हो । पहिलाको संस्करणहरुमा झैँ यस संसकरणमा पनि कोका –काला नेपालको टिमले चयन गरेका १,००० जना महिला उद्यमीहरुलाई तालिम प्रधान गर्ने कम्पनिले जानकारी दिएको छ । कोका–कोला नेपालको यस पहल विशेष गरी व्यवसाय र खानपान व्यवसायमा संलग्न महिला उद्यमीहरूमा लक्षित हुनेछ ।

देशको पहाडी क्षेत्र र पश्चिमी भागका शहरी र ग्रामीण क्षेत्रहरू केन्द्रित सक्षमले सबै क्षेत्रका महिला उद्यमीहरूलाई आवश्यक स्रोतसाधनमा पहुँच पु¥याउने लक्ष्य राखेको छ । सक्षमको यस तेश्रो संस्करण सन् २०२४ को अन्त्यसम्म देश भरिका विभिन्न स्थानहरुमा आगमी ९ महिना सम्म संचालन हुनेछ । यो कार्यक्रम हिजो २७ गते “महिला सशक्तिकरण, सफलतामा लगानी “सम्बन्धी एकदिवसीय प्यानल छलफलबाट सुरु भएको थियो, जसमा उद्यमशील पृष्ठभूमिका महिलाहरू सहभागी थिए । देश भरका १,००० महिलाहरुलाई ४ महिना सम्म तालिम प्रदान गरिने यस कार्यक्रमको पहिलो ३ महिना एक्सिलिरेटर र मेन्टरसीप कार्यक्रम हुनेछ जहाँ नेतृत्व, आतिथ्य व्यवस्थापन, डिजिटल मार्केटिङ, वित्तीय साक्षरता, स्वोट एनालाइसेस सम्बन्धि प्रशिक्षण प्रदान गरिनेछ ।
सक्षम तेस्रो संस्करण कोका–कोला र एटेलियर प्लेटफर्म प्राइभेट लिमिटेडले संयुक्त रुपमा संचालन गर्ने छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...