Admission Open

नेपाली सडकमा एक लाख एनटर्क

काठमाडौं : टिभिएसको एनटर्क स्कुटरले नेपाली बजारमा आक्रामक बजार बिस्तार गर्न सफल भएको छ । सन् २०१८ मा नेपाली बजारमा भित्रिएको एनटर्कको सुरुवाती बजार कमजोर थियो । होण्डाको डियोले स्कुटर सेगमेन्टमा एकछत्र राज गरिरहेको अवस्थामा एनटर्कको उपस्थिति कमजोर थियो । सन् २०१९ को अन्त्यमा कोभिड महामारी सुरु भयो । त्यसको प्रभाव नेपाली अटोमोबाइल बजारमा पनि पर्यो । कोभिडको समयमा होण्डाले बजारको माग अनुसार स्कुटर आयात गर्न नसक्दा स्टक सकियो । त्यसको लाभ टिभिएस एनटर्कलाई भयो ।

२०१९ बाट एनटर्कले बजार बिस्तारलाई आक्रमक बनायो । कोभिडको समयमा दुई पाँग्रे सवारीको माग पनि बढिरहेको थियो । प्रतिस्पर्धी ब्राण्डको होण्डाले बुकिङ भएको डियोसमेत ग्राहकलाई दिन नसकेको अवस्थामा त्यसको प्रत्यक्ष लाभ टिभिएस एनटर्कलाई भयो । फेमिली सवारीको पहिचान बनाएको स्कुटर हरेक घरको आवश्यकता बन्दै गइरहेको अवस्थामा एनटर्कको बजार बढ्दै गइरहेको छ ।

२०१९ बाट बजारमा आक्रमक बजार विस्तार गर्न सफल भएको टिभिएस एनटर्कले त्यो रफ्तारलाई आजसम्म पनि कायम राखेको छ । नेपाली बजारमा भित्रिएको ५ वर्षको अवधीमा एक लाख वटा एनटर्क बिक्री भएको टिभिएसको लागि नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले तथ्यांक सार्वजनिक गरेको छ ।

बजारमा आक्रामक रुपमा बिक्री भएको एनटर्कको सुरुवाती मूल्य २ लाख ३५ हजार ९ सय रुपैयाँ छ । ६ वटा भेरियन्टमा एनटर्क नेपाली बजारमा उपलब्ध छन् । महंगो भेरियन्टको मूल्य ३ लाख २० हजार ९ सय रुपैयाँ कायम गरिएको छ । नेपाली बजारमा बिएस ४ र बिएस ६ भेरियन्टमा एनटर्क उपलब्ध छन् ।

१२५ सिसीमा उपलब्ध टिभिएस एनटर्कको फिचरहरु स्मार्ट र अत्याधुनिक रहेको कम्पनीले दावी गर्दै आइरहेको छ । राम्रो पिकअप क्षमता रहेपनि माइलेज कमजोर रहेको एनटर्क ग्राहकहरुले गुनासो गर्दै आएका छन् । बिएस६ एनटर्कले प्रतिलिटर ५० किलोमिटर माइलेज दिने कम्पनीले दावी गरेपनि प्रयोगकर्ताहरुले बढीमा ३५ र ५० किमीसम्म मात्र माइलेज दिने गरेको बताउँदै आएका छन् । बिएस४ एनटर्कले प्रतिलिटर २०/२५ किमी मात्रै माइलेज दिने गरेको त्यसका ग्राहकले बताउँदै आएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...